आइसीसी महिला विश्वकप छनोटमा १८ खेलाडी छनोट, अनुभवी खेलाडी ममता थापा आउट

हङकङमा हुने आइसीसी महिला बिश्वकप छनौट अन्तर्गत एशीया रिजनका लागि नेपालले दोस्रो चरणमा १८ जना खेलाडीको नाम सार्वजनिक गरेको छ । राष्ट्रिय टिममा नियमित रहदै आएकी ममता थापा भने अन्तिम २४ बाट बाहिरिएकी छिन् ।

प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा रहेका २४ खेलाडी बाट १८ जना खेलाडी छनौट गरिएको हो । जसमा पांच जना अहिले सम्म राष्ट्रिय टिमबाट नखेलेका खेलाडी रहेका छन । अन्तिम १८ मा पर्न सफल खेलाडीमा रुबिना क्षेत्री, सिता राना मगर, काजोल श्रेष्ठ, सोभा आले, नेरी थापा, निरा राजोपाध्याय, रोशनी बोहोरा, सवनम राइ, लक्ष्मी चौधरी, संगिता राइ, इन्दु बर्मा छन । यस्तै ज्योती पाण्डे, सरस्वती चौधरी, अनुराधा चौधरी, रश्मी शर्मा, निर्मला शाही , करुणा भण्डारी र सरिता मगरले पनि अन्तिम १८ मा स्थान बनाए ।

mamta_thapa
छनौट भएका खेलाडी मध्ये लक्ष्मी , सवनम, संगिता, ज्योती र निर्मला पहिलो पटक अन्तिम १८ मा परेका हुन् । सन २००७ मा नेपालले पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउदा देखीनै राष्ट्रिय टिममा रहेकी विकेट किपर तथा ब्याटसवुमन ममताले भने अन्तिम १८ मा स्थान बनाउन सकिनन् । यस्तै राष्ट्रिय टिमबाट खेलिसकेकी ममता चौधरी पनि बाहिरिएकी छिन् ।

अक्टोबर नौ देखी सुरु हुने छनौट खेल खेल्ने अन्तिम टोली घोषणा भने हङकङ जानु केही दिन अघिमात्र गर्ने प्रशिक्षक राजु बस्न्यातले जानकारी दिएका छन । १५ अक्टोबर सम्म हुने प्रतियोगिता ट्वान्टी ट्वान्टी फरम्याटको हुनेछ । छनौट खेलमा नेपाल सहित हङकङ, चीन र थाइल्याण्ड छन । विजेताले सन २०१७ मा हुने आइसीसी महिला बिश्वकप ग्लोबल छनौट खेल खेल्ने अवसर पाउनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest