मुलपानीको माथिल्लो क्रिकेट मैदान निर्माण सम्पन्न गर्न खेलकुद मन्त्रीद्धारा उपभोक्ता समिती गठन, ४५ दिन भित्र काम सम्पन्न गर्न निर्देशन

189131

युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपालीले मूलपानीको माथिल्लो क्रिकेट मैदानको काम सम्पन्न गर्न उपभोक्ता समिति गठन गर्न निर्देशन दिएका छन् ।

क्रिकेट सरोकारवालाले आइतबार मन्त्री श्रीपालीलाई माथिल्लो क्रिकेट मैदान खेल्न योग्य बनाउन ज्ञापन पत्र बुझाएपछि बुधबार सोको निरीक्षण गर्न मूलपानी पुगेका मन्त्री श्रीपालीले राष्ट्रिय खेलकुद परिषदका सदस्य समेत रहेका क्रिकेट समन्वय समितिका संयोजक शैलेश कर्माचार्य, राखेपअन्तर्गत आर्थिक प्रशासन शाखाका प्रमुख कपिलमणि पोखरेल र निर्माण शाखाका इन्जिनियर विश्वमित्र सन्जेल, नेपाल क्रिकेट संघका प्रमुख कार्य सञ्चालन अधिकृत छुम्बी लामाको उपस्थितिमा निर्देशन दिएका हुन् ।

unnamed

क्रिकेट समन्वय समितिसंग समन्वय गरेर उपभोक्ता समिति गठन गरी ४५ दिनभित्र काम सम्पन्न गर्नु निर्देशन दिएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest