यू–१९ एशिया कपका लागि नेपाली टिमको घोषणा, सन्दिप लामिछानेलाई कप्तानीको जिम्मेवारी

आसन्न एसीसी अन्डर नाइन्टिन एशिया कपका लागि नेपाली टिमको नामावली सार्वजनिक भएको छ । सन्दिप लामिछानेको कप्तानीमा घोषणा भएको १५ खेलाडीको नामावलीमा १० जना नया अनुहार परेका छन ।

Sandeep Lamichhane

करीव एक साताको खेलाडी छनोट प्रक्रियापछि विनोद दाशको प्रशिक्षणमा क्यानले खेलाडी छनोट गरेको हो । जसमा सन्दिपलाई पहिलो पटक कप्तानीको जिम्मेवारी दिइएको छ । यसअघि अन्डर नाइन्टिको बन्द प्रशिक्ष्ँणमा परेको पाच खेलाडी बाहेक बाकि नया खेलाडी रहेका छन ।

टिममा आशिफ सेख, रविन्द्र शाही, आदिल खान, भिम सार्की, अनिल कुमार शाह, दिपेन्द्रसिंह ऐरी, पवन सराफ, सुवारङकर उरा, सन्दिप सुनुवार, कमल सिंह ऐरी, नादन यादव, प्रकाश केसी, अभिनाश कर्ण राहित कुमार मण्डल रहेका छन । डिसेम्बर १३ देखि २४ तारिखसम्म हुने प्रतियोगिताका लागि ट्यालेञ्ज हन्टबाट ५२ खेलाडी पहिलो चरणमा छनोट गरिएको थियो । जसबाट अन्तिम १५ खेलाडीको छनोट गरिएको हो ।

श्रीलंकामा हुने प्रतियोगितामा नेपालले पहिलो खेलमा घरेलु टोली श्रीलंकासंग खेल्नेछ । समुह ए मा हरेको नेपालको समुहमा श्रीलंकासंगै भारत र मलेसिया रहेका छन । अब नेपालले करीव एक साताको प्रशिक्षण पछि प्रतियोगितामा सहभागिता जनाउनेछ ।

lits

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest