दक्षिण अफ्रिकाका यु–१९ विश्वकपका पुर्व कप्तान केटन जेनिङ्सले इङ्ल्यान्डबाट डेब्यु टेस्टमा सतक

दक्षिण अफ्रिकाका लागि युथ–१९ विश्वकपमा कप्तानी गरिसकेका केटन जेनिङ्सले इङ्ल्यान्डबाट टेस्टमा डेब्यु गर्ने क्रममा पहिलो इनिङमै सतक बनाएका छन ।

आफू जन्मिएको र युथ विश्वकप खेलेको देशबाट नागरिकता परिवर्तन गर्दै इङ्ल्यान्डबाट अन्तर्रा्ष्ट्रिय क्रिकेट खेलेका जेनिङ्सले भारत विरूद्ध विहिबारदेखि मुम्बईमा सुरु भएको चौथो टेस्टको पहिलो इनिङमा १ सय १२ रन बनाए ।
2

उनी टेस्ट क्रिकेटको डेब्यु खेलमै सतक बनाउने इङ्ल्यान्डका आठौं प्रारम्भिक ब्याट्सम्यान हुन । दक्षिण अफ्रिकाको डरहममा जन्मिएका देब्रे हाते ब्याट्सम्यान जेनिङ्स कप्तान एलेस्टर कुकसंगै ब्याटिङ गर्न उत्रिएका थिए ।

3

उनले आफनो सतकीय इनिङमा १३ चौका हिर्काएका थिए । उनी डेब्यु टेस्टमा सतक बनाउने इङ्ल्यान्डका १९ औं व्याट्सम्यान पनि बन्न पुगेका छन । ५० वर्षको अन्तरालमा एन्ड्रयु स्ट्राउस र एलेस्टर कुकले आफनो पहिलो टेस्टमा सतक बनाउने प्रारम्भिक ब्याट्सम्यानको कीर्तिमान बनाएपछि यसलाई दोर्हयाउने जेनिङ्स हुन ।
सन् २००६ मा कुकले भारतको नागपुरमा डेब्यु टेस्टमा प्रारम्भिक ब्याट्सम्यानको रुपमा सतक बनाएका थिए । यसको दस वर्षपछि इङ्ल्यान्डको प्रारम्भिक ब्याट्सम्यानको रुपमा जेनिङ्सले यो उपलब्धीलाई आत्मसाथ गरेका हुन ।

5
4

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest