दोस्रो अभ्यास खेलमा फेरी राजवाडा क्रिकेट टिमसंग खेल्दै, भनिएका टिमसंग खेल्ने मौका पाएन

आइसीसी विश्व क्रिकेट लिग अन्तर्गत केन्या विरुद्धको खेल अघि प्रशिक्षणका लागि भारत भ्रमणमा रहेको नेपाली टिमले भोली दोस्रो अभ्यास खेलमा फेरी राजवाडा क्रिकेट टिमसंग खेल्नेछ ।

ग्रेट नोयडाको गौतमबुद्ध क्रिकेट मैदानमा हुने खेल विहान १० बजे देखि सुरु हुनेछ । पहिलो अभ्यास खेलमा पनि नेपाल यहि टिमसंग खेलेको थियो । जसमा नेपाल ४७ रनले पराजित भएको थियो । नेपालबाट भारत प्रस्थान हुनु अघि नेपालले इयर इन्डिया, अफगानिस्तान ए र राजस्थानको टिमसंग खेल्ने बताइए पनि पुर्वनिर्धारीत टिमसंगको भिडन्त नुहने देखिएको छ ।

राजवाडासंग दुई खेल खेलपछि अन्तिम खेलको टुङगो लाग्न सकेको छैन । अफगानिस्तानको ए टिम पनि भारतमा नै रहेकाले अभ्यास खेलका लागि अझै पहल भइरहेको बताइएको छ । नेपालले अन्तिम अभ्यास खेल एक मार्चमा खेल्नेछ । पहिलो खेलमा नेपाली बलर र ब्याटसम्यानको प्रदर्शन खासै उत्साहजन रहेन । कप्तान ज्ञानेन्द्र मल्ल बाहेक । जस्ले सतकिय पारी खेलेका थिए ।

भोली प्लेइङ सेटमा परिवर्तन हुनसक्नेछ । यो टुरपछि नेपाली टिमको अन्तिम टुङगो लाग्ने छ । यता केन्या पनि नेपाल आउनु अघि भारतमा नै प्रशिक्षण गरिरहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest