केन्या विरुद्धको खेलका लागि प्रारम्भिक २४ सदस्यीय नेपाली टिमको घोषणा

आइसीसी विश्व क्रिकेट लिग अन्तर्गत केन्या विरुद्धको खेलका लागि खेलाडी छनोटको दोश्रो चरणमा २४ खेलाडी बोलाइएको छ ।

जनवरी १९ देखि २४ तारिखमा टियु मैदानमा सम्पन्न सुपर लिगको आधारमा अनि आइसीसीको पहलमा टिम छनौट गरिएको बताईएको छ । हाल राष्ट्रिय टिममा रहेका खेलाडीका साथै अन्डर नाइन्टिन र धरै जसो नया खेलाडीलाई छनोट चरणमा बोलाइएको छ ।

टिमको छनौट भने आइसीसीका प्रतिनिधि भेन्कटपति राजु, नेपाल टिमका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले गरेका हुन् । घरेलु टिमले फेब्रुअरी १२ देखि दोश्रो चरणको बन्द सत्र सुरु गर्नेछ ।

Paras Khadka and Sagar Pun against Netherlands

अन्तिम २४ मा को-को पर्न सफल भए?
पारस खड्का, ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, बिक्रम सोब, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, दिपेश श्रेष्ठ, अभिनाश कर्ण, दिलिप नाथ, अमित श्रेष्ठ, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, भुवन कार्की, मेह्बूब आलम, राजेश पुलामी मगर, शक्ति गौचन, शरद भेषवाकर, सागर पुन, सन्दिप लामिछाने, सुनिल धमला, सुशन भरी, करण केसी र सोमपाल कामी अन्तिम २४ मा पर्न सफल भएका छन ।

को-को बाहिरिए?
अनिल कुमार मण्डल, अमर सिंह राउटेला, आदील खान, कमल सिंह ऐरी, किशोर महतो, जितेन्द्र मुखिया, नरेश बुढाएर, पवन शर्राफ, पृथु बास्कोटा, प्रदिप ऐरी, प्रेम तामाङ, बिक्रम कुमार भुसाल, मन्जित श्रेष्ठ, महेश क्षेत्री, रशिद खान, राजु रिजाल, रामनरेश गिरि, रोहित कुमार पौडेल, ललित सिंह भण्डारी, सन्दिप ढुंगाना, सन्दिप सुनार, सिद्धान्त लोहनी, सुबाश खकुरेल, सुवर्णकर उराउ, सुशान्त सिंह थापा, सुशील कँडेल, सोनु तामाङ र हरि शंकर शाह भने अन्तिम २४ मा पर्न सकेनन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest