क्यानकाे प्रतिबन्ध फुकाउने अाइसीसीकाे संकेत

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएकाे प्रतिबन्ध फुकाउने संकेत गरेकाे छ। अाइसिसीका प्रतिनिधिहरूकाे शनिबार र अाइतबार काठमाडाैंमा बसेकाे बैठकपछि अाइसिसीले साे धारणा सार्वजनिक गरेकाे हाे।

काठमाडाैंमा भएकाे सल्लाहकार समिति र अाइसीसीका प्रतिनिधिबीच सकरात्मक कुरा भएकाे बताउँदै विज्ञप्तीमा नेपालमाथि लाग्दै आएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा आउदो जुनमा आयोजना हुने आइसिसीको वार्षिक साधारणसभामा छलफल हुने उल्लेख गरिएकाे छ।

गत वैशाख दाेस्राे हप्ता क्यानलार्इ निलम्बन गरेपछि अाइसिसीले नयाँ विधान बनाउने तथा निर्वाचन गराउने मुख्य जिम्मेवारीसहित सल्लाहकार समिति गठन गरेकाे थियाे। विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्याविरूद्ध कीर्तिपुरमा मार्च ११ र १३ मा हुने खेलका क्रममा आइसिसीका पदाधिकारी काठमाडौं आउने भएका छन्।

साे क्रममा क्यानकाे विधान निर्माण तथा निर्वाचन लगायत विषयमा छलफल हुनेछ।

विज्ञप्तीकाे पूर्णपाठका लागि यहाँ क्लिक गर्नुहोस

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest