सतक बनाउनबाट मात्र पाच रनले चुके ज्ञानेन्द्र

केन्या विरुद्धको खेल अघि प्रशिक्षणका लागि भारत भ्रमणमा रहेको नेपाली टिमले खेलेको दोस्रो अभ्यास खेलमा कप्तान ज्ञानेन्द्र मल्ल लगातार दोस्रो सतक प्रहार गर्नबाट चुनेका छन ।

ग्रेट नोयडा स्थित गौतमबुद्ध क्रिकेट मैदानमा जारी खेलमा पहिलो ब्याटिङ गरेको नेपालका लागि ओपनरका रुपमा आएका कप्तान ज्ञानेन्द्र मल्ल ९५ रनमा आउट हुन पुगे । एक सय १५ बल खेलेका ज्ञानेन्द्र मात्र पाच रनले सतक बाट चुक्न पुगे । पहिलो खेलमा सतक प्रहार गरेका ज्ञानेन्द्र आजको खेलमा पनि निकै राम्रो लयमा देखिएका थिए । तर सुशिल खत्रीको बलमा क्रिज छोडेर प्रहार गर्ने क्रममा ज्ञानेन्द्र स्टम्प आउट हुन पुगे । सो बेला नेपालको स्कोर एक सय ८१ रन थियो

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest