अपेंडिक्सका कारण करण केसी केन्यासँगको खेलबाट बाहिर

काठमाडौं – नेपाल टिमका तिब्र बलर्, करण केसीलाई आज अचानक पेटमा समस्या देखा परेपछी काठमाडौं स्थित वयोधा हस्पिटलमा लगिएको थियो । उपचारको क्रममा एक्युट अपेंडिसाइटिस देखिए पछी तुरुन्तै शल्यकृयाको लागि भर्ना गरिएको छ ।

“शल्यकृया पश्चात केसीलाई केहि समय आरम गर्नु पर्ने भएकोले, उनि अब केन्यासँग हुने दुइ खेलमा भाग लिने छैनन”, टिमका टेकनिकल विश्लेषक, रमन सिवाकोटीले कृक्नेपाललाई जानकारी दिनुभएको छ।

केसीको स्थानमा नयाँ खेलाडीको नाम भने चाँडै घोषणा गरिनेछ, यस्कालागि टिम व्यवस्थापनले आइसिसिको स्वीकृति लिनु पर्ने हुन्छ ।

नेपालले भोली आइसिसि बिश्व क्रीकेट लिग च्याम्पियन शिप अन्तर्गत केन्यासँग पहिलो खेल खेल्ने छ । किर्तिपुर स्थित त्री.बि.बि क्रीकेट मैदानमा नेपाली समय ९:३० बजेबाट सुरु हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest