युवा खेलाडीले राम्रो खेल्नेमा विश्वस्त छु – जगत टमाटा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले बंगलादेशमा हुने एसीसी ईमर्जिङ टिम्स् कपमा प्रत्येक म्याच जित्नका लागि खेल्ने बताएका छन्।

समूह चरणमा दुई टिमलाई हराएपछि हामी दोस्रो चरणमा पुग्न सक्छौं, उनले भने, नेपाली खेलाडीहरु राम्रो लयमा हुनु तथा विश्वकप खेलिसकेको अनुभवका आधारमा पनि हामी दोस्रो चरणमा पुग्ने लक्ष्यका साथ बंगलादेश जाँदैछौं।

नेपालले मार्च २७ मा पहिलो खेल पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। दोस्रो खेल २८ मार्चमा बंगलादेश तथा ३० मार्चमा नेपालले हङकङको सामना गर्नेछ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रतियोगिताको लागि छनोटमा परेका ४ वैकल्पिक सहित १५ खेलाडीहरुले केन्या विरुद्धको खेलपछि टीयु मैदानमा तयारी थालेको थियो। ‘हामीले केन्या विरुद्धको खेलका लागि पनि डेढ महिना तयारी गरेका थियौ,’ उनले भने, ‘त्यसपछि पनि खेलाडीहरुले अभ्यासलाई निरन्तरता दिएकाले हाम्रो तयारी राम्रो छ।’

सिनियर खेलाडीहरुको अनुपस्थितिबारे प्रतिक्रिया दिँदै प्रशिक्षक टमाटाले भने ‘सुशान्त भारी, भुवन कार्की तथा सागर पुनले शक्ति गौचन र बसन्त रेग्मीको अभाव महशुस हुन दिने छैनन्।’ त्यस्तै, पारस खड्काको ठाउँमा दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, आसिफ सेख जस्ता खेलाडीले मौका पाउन सक्छन्। टिमका नयाँ युवा खेलाडीहरुसँग यु १९ विश्वकप लगायतका टुर्नामेन्टहरु खेलिसकेको अनुभव छ त्यसैले पाकिस्तान विरुद्धको खेलमा आफूहरुले सुरुमा ब्याटिंङ गरे २ सय ५० कटाउने लक्ष्य रहने उनले बताए।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest