आइसीसी सल्लाहकार समितीले खेलकुद पत्रकारसंग छलफल गर्ने

पछिल्लो एक बर्ष भन्दा बढी समय देखि निलम्बनमा रहेको नेपाली क्रिकेटको नया संरचना कसरी बनाउदा ठिक होला भनेर आइसीसी सल्लाहकार समितीले खेलकुद पत्रकारसंग छलफल गर्ने भएको छ ।

क्यान निलम्बनमा परेपछि यसको समाधान र नया बोर्ड गठनका लागि आइसीसीले गठन गरेको सल्लाहकार समितीले क्यानको नया विधान र क्रिकेट विकाशका लागि उपयुक्त पाटो कसरी निकाल्न सकिन्छ भनेर खेलकुद पत्रकारसंग अन्तक्रिया गर्ने भएको हो । आइसीसीले विनयराज पाण्डेको संयोजकत्वमा करीव ६ महिना अगाडी सल्लाहकार समिती गठन गरेको थियो ।

सो समितीले यो विचमा नया क्यान गठनका साथै उसको विधानका बारेमा गृहकार्य गरिरहेको छ । यहि विषयमा सल्लाहकारका केहि पदाधिकारी जिल्ला भ्रमणमा गएर स्थानिय क्रिकेट पदाधिकारीको सुझाव पनि लिएका थिए । असार मसान्तसम्म क्यानको विधान तयार पारेर निर्वाचन गर्ने जिम्मेवारी पाएको सल्लाहकार समितीले सोहि विधानका साथै अन्य कृयाकलापका बारेमा छलफल गर्न लागेको हो ।

नया विधानको काम अन्तिम चरणमा पुगिसकेको छ भने क्यानको संरचना बोर्डमा जाने सम्भावना प्रवल रहेको छ । यसअघि पनि सल्लाकार समितीले बारम्बार आइसीसीका प्रतिनिधीसंग छलफल गरेर प्रगतिविवरण बुझाएको थियो । तर आज हुने भनिएको सो छलफल अन्तिम समयमा स्थगित भएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest