प्रधानमन्त्री कप क्रिकेट, आर्मी क्लबले पुर्वाञ्चललाइ नौ विकेटले हरायो

प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबले पुर्वाञ्चललाइ नौ विकेटले पराजित गरेको छ ।

किर्तिपुर स्थित टियु मैदानमा टस हारेर ब्याटिङ गरेको पुर्वाञ्चलले खराब प्रदर्शन गरया्े । उसले ३२ ओभर तीन बलमा अल आउट हुदै जम्मा एक सय तीन रनको झिनो योगफल बनाएको थियो । पुर्वाञ्चलका लागि महबुब आलमले सर्वाधिक ३६ रन बनाए । महबुबले ४२ बल खेल्दै तीन छक्का र दुइ चौका हिर्काए । विधान गोस्वामीले १९ र अंकित सुवेदीले १२ रन बनाउनु बाहेक अन्य कुनैपनि खेलाडीले दोहोरा अंक छुन सकेनन् ।

पुर्वाञ्चललाइ सस्तैमा समेट्ने क्रममा स्पिनर सागर एक्लैले ५ विकेट लिए । शुसान भारीले तीन र सोमपाल कामीको नाममा दुइ विकेट रह्यो । यस्तै पहिलो पटक एकदिवशीय राष्ट्रिय प्रतियोगिता खेलेका साहब आलमले पनि किफायती बलिङ गरे । पांच ओभर बल फालेका साहबले एक ओभर मेडन राख्दै जम्मा १४ रन खर्चिए । आर्मी टिमबाट उनको यो पहिलो खेल पनि हो । जवाफमा एक सय ४ रनको लक्ष्य आर्मीले एक सय ८८ वल बांकी छदै पुरा गर्यो । अनिल मन्डलले अर्धशतकिय पारी खेलेपछि आर्मीले १८ ओभर चार बलमा मात्र एक विकेटको नोक्सानीमा लक्ष्य भेटेको हो । पहिलो ओभरको दोस्रो बलमा ओपनर महेश क्षेत्रीलाइ शुन्यमा गुमाएपनि आर्मीको पारी दवावमा आएन् । मशेह महबुबको बलमा आउट भएका थिए ।

अनिलले ६३ बल खेल्दै आठ चौकाको मदतमा अविजीत ५६ रनको योगदान दिए । अनिललाइ गतिलो साथ दिएका सागरले ४० रन बनाए । प्रतियोगितामा भोली नेपाल पुलिस क्लब र सुदुरपश्चिमाञ्चल बीच खेल हुनेछ । आज बाट सुरु भएको सर्वाधिक पुरस्कार राशीको प्रतियोगितामा तीन विभागीय टोली सहित पांच विकास क्षेत्रको सहभागिता रहेको छ । खेलाडीले तीन वर्षपछि एकदिवशीय घरेलु प्रतियोगिता खेल्ने अवसर पाएका हुन् । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा भएको प्रतियोगिताको विजेताले २० र उपविजेताले दश लाख पुरस्कार पाउनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest