प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट, पुलिसद्धारा सुदुरपश्चिम सात विकेटले पराजित

राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट खेलमा विभागिए टिम नेपाल पुलिस क्लवले पहिलो खेलमा नै जित निकालेको छ । आज भएको खेलमा पुलिसले सुदुरपश्चिमलाइ सात विकेटले पराजित गरयो ।

किर्तीपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदुरपश्चिम ४८ ओभर चार बलमा एक सय ७० रनमा अलआउट भयो । २५ रन हुदा पहिलो विकेट गुमाएको सुदुरपश्चिमले एक सय सात रन बनाउदा चार विकेट खेर फालेको थियो । तर सुदुरपश्चिमका खेलाडी राम्रो साझेदारी नहुदा बाकि ६३ रन जोडदा अलआउट हुन पुग्यो । उसका लागि ज्ञानेन्द्र कुवरले ४९ तथा भिम कार्कीले २८ र सन्तोष भट्टले २५ रन जोडे । यस्तै रोशन नेपालीले २१ रन जोडदा सुदुरपश्चिमले १९ अतिरीक्त रन पाएको थियो । बलिङ तर्फ पुलिसका सुशिल कडेलले पाच तथा ललीत राजबंशीले तीन विकेट लिए ।

जवाफमा नेपाल पुलिस क्लवले २४ ओभर तीन बलमा लक्ष्य पुरा गरयो । पुलिसको जितमा अमित श्रेष्ठले ७५ तथा दिलिप नाथले ४० र दिपेन्द्रसिंह ऐरीले २७ रन बनाए । सात रन हुदा पहिलो विकेट गुमाएको पुलिसका लागि अमित श्रेष्ठ र दिलीप नाथले दोस्रो विकेटका लागि एक सय २८ रनको साझेदारी गरेका थिए । जसका कारण पुलिसलाई जित निकाल्न निकै सहज बन्यो । प्रतियोगिता अन्तर्गत भोली पुर्वाञ्चल र नेपाल पुलिस क्लव विच प्रतिस्पर्धा हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest