सुदुरपश्चिमद्धारा पुर्वाञ्चललाई एक सय ५४ रनको लक्ष्य

राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा सुदुरपश्चिमले पुर्वाञ्चललाई एक सय ५४ रनको लक्ष्य दिएको छ ।

किर्तीपुर क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिम ४५ ओभर दुई बलमा एक सय ५३ रनमा अलआउट भयो । उसका लागि चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा विजय रानाले ५५ तथा सन्तोष भट्टले २२ रन बनाउदा बाकि खेलाडी सस्तैमा आउट भए । २३ अतिरीक्त रन पाएको सुदुरपश्चिमका लागि अनिलकुमार थापाले ११ तथा रोशन नेपालीले १० रन थपे ।

१४ रन हुदा पहिलो विकेट गुमाएको सुदुरले ४ रन बनाउदा ४ विकेट खेर फालेको थियो । त्यस उसको विकेट झर्ने क्रम यतिमा रोकिएन । जसकाा कारण अन्तत एक सय ५३ रनमा अलआउट भयो । यसअघि सुदुरले पुलिससंग सात विकेटको हार ब्यहोरीसकेको छ । आज सुदुरले जित निकालेमा सेमिफाइनलमा पुग्ने सम्भावना जिवितै हुनेछ भने दुई खेल हारेको पुर्वाञ्चल विजयी भएमा सान्त्वना जित हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest