नेपाल पुलिस क्लब एकदिवशिय क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा

नेपाल पुलिस क्लब राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवशिय क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । आज भएको पुर्वाञ्चल र सुदुरपश्चिमाञ्चल बीचको खेल वर्षाका कारण नतिजा विहिन भएपछि पुलिस समुह बी बाट एक खेल अगावै अन्तिम चारमा पुगेको हो ।

किर्तिपुर स्थित टियु मैदानमा टस जितेर ब्याटिङ गरेको सुदुरले ४५ ओभर दुइ बलमा अल आउट हुदै एक सय ५३ रन बनाएको थियो । उसका लागि विजय रानाले सर्वाधक ५५ रनको योगदान दिए । बलिङ तर्फ पुष्प थापा र सागर ढकालले तीन तीन विकेट लिए । एक सय ५४ रनको लक्ष्य पछ्याएको पुर्वाञ्चलले लन्च अघि चार ओभर खेल्दै चार विकेटको नोक्सानीमा २२ रन बनाएको थियो ।

तर लगातारको बर्षाका कारण खेल सुचारु हुन नसकेपछि दुवै टिमले एक एक अंक बाडे । यसअघि लगातार दुइ खेलमा हार बेहोरेको पुर्वाञ्चल भने प्रतियोगिता बाट बाहिरिएको छ । पुर्वाञ्चलले पुलिस र आर्मी संग समान नौ विकेटको हार बेहोरेको थियो । सुदुरले समुहको अन्तिम खेलमा भोली आर्मी संग खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest