राजनिती र ब्यवस्थापकीय खरावीका कारण ओरालो लाग्दै कुनै बेलाको पावरहाउस

कुनै समय पुर्वाञ्चल क्षेत्र नेपाली क्रिकेटको पावर हाउस मानिन्थ्यो । तर पछिल्लो समय पुर्वाञ्चलको क्रिकेट नाजुक अवस्थामा छ । राष्ट्रिय प्रतियोगितामा पुर्वाञ्चल सहभागितामा नै सिमित हुदै आएको धेरै भइसकेको छ । ब्यबस्थापन अस्तब्यस्त हुदा कसरी बलियो टिम पनि धरासायी बन्छ भन्ने उदाहरण बनेको छ पुर्वाञ्चल क्षेत्रीय क्रिकेट ।

सरकारकै आयोजनामा भइरहेको प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट प्रतियोगितामा पुर्वाञ्चल जीत विहिन हुदै घर फर्कियो । पुर्वाञ्चलको यो नतिजाले कसैलाइ पनि आश्चर्यमा भने पारेन् । किनकी पछिल्लो समय पुर्वाञ्चल सवैभन्दा कमजोर टिम हो । पुर्वाञ्चलले आफनो समुहमा दुई विभागिए टिम पुलिस र आर्मीसंग नौ विकेटको हार बेहोर्दा सुदुरपश्चिम विरुद्धको खेलमा भने वर्षाका कारण नतिजा आएन् । गर्विलो इतिहास बोकेको पुर्वाञ्चलको प्रदर्शनबाट राष्ट्रिय खेलाडी महबुब आलम ग्लानी महशुश भएको बताउछन । राष्ट्रिय टिमबाट यत्रो समय खेल्दा पनि कुनै बेला निकै उचाइमा रहेको पुर्वाञ्चलको स्तर खस्केको देख्दा आफैलाई दुख लागेको उनको भनाई छ ।

कुनै एक समय थियो, जहा नेपालको राष्ट्रिय टिममा नौ जना सम्म पुर्वाञ्चलका खेलाडीको वश्र्चव रहन्थ्यो । महबुब सहित दिपेन्द्र चौधरी, मनोज कटुवाल, राजकुमार प्रधान, मंजी श्रेष्ठ, युनिल श्रेष्ठ, लाक्पा लामा , पारस लुनिया सवै यसै क्षेत्रका उत्पादन हुन् । पुर्वाञ्चल दिपेन्द्रको कप्तानीमा सन २००२ देखी पांच सम्म चार पटक राष्ट्रिय च्याम्पियन बनेको थियो । विभागीय टिमले केही हद सम्म क्षेत्रीय टिमलाइ कमजोर बनाएको छ । पुर्वाञ्चलका सिद्धान्त लोहनी र ललित राजबंशी अहिले नेपाल पुलिस बाट खेलिरहेका छन । यद्यपी पुर्वाञ्चलको हकमा भने यो पुर्ण रुपमा लागु हुदैन । यो क्षेत्रमा क्रिकेट गतिविधी नै शुन्य छ । खेलाडीले प्रधानमन्त्री कपका लागि खेलाडी छनौटमा धाधली भएको भन्दै सामाजीक संजालमा पोख्ने असन्तुष्टिले पनि पुष्टि गर्छ पुर्वाञ्चलको क्रिकेट कति लथालिगं छ भनेर ।

तर पुर्वाञ्चलका प्रशिक्षक प्रदिप राज पाण्डे भने सात जिल्लाबाट छनोट गरेर खेलाडी तयार पारेको बताउछन । तर पुर्वाञ्चलमा राम्रो नेतृत्वको आवश्यकता रहेको उनको बुझाई छ । क्रिकेट विकासमा महत्वपुर्ण भुमिका खेल्ने जिल्ला र क्षेत्र नै निष्क्रिय हुदा पुर्वाञ्चलको यस्तो अवस्था आएको हो । ब्यवस्थापकिय कमजोरी कमजोरी अनि क्रिकेट विकाश गर्नुपर्छ भन्ने ठोस योजनाको अभाव हुदा पुर्वाञ्चलको क्रिकेट सेलाएको हो । पुर्वाञ्चलको क्रिकेट विकाशका लागि पुर्वाञ्चलबासी नै जागरुक हुनुपर्छ, स्थानियक स्तरमा नै खेलाडीलाई प्रायोजनको ब्यवस्था गर्ने स्थानिय लिगको आयोजना गर्ने लगायतका काम गरेमात्र पुर्वाञ्चलको क्रिकेटमा विकाश हुने टिमका ब्यवस्थापक चेतनाथ पौडेलको भनाई छ ।

पदाधिकारीहरु अर्का माथि आरोप प्रत्यारोप लगाउदैमा पदाधिकारीले समय विताइरहेको खेलाडीको गुनासो छ । जिल्ला र क्षेत्रमा ब्यापक राजनिती हुने गरेको गुनासो खेलाडीले गर्दै आइरहेका छन । सहि नेतृत्वको अभावमा कुनै दिन पुर्वाञ्चलमा क्रिकेटनै लोप हुने त होइन गंभिर प्रश्न चिन्ह खडा भएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest