प्रधानमन्त्री कप क्रिकेट, सुदुरपश्चिमले आर्मीलाई मात्र ५१ रनको लक्ष्य

राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसय क्रिकेट प्रतियोगिताको समुह ए को अन्तिम खेलमा सुदुरपश्चिमले विभागिए टिम आर्मीलाई मात्र ५१ रनको लक्ष्य दिएको छ ।

किर्तीपुर क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिम २२ ओभरमा मात्र ५० रनमा अलआउट भयो । उसका लागि एक खेलाडीले मात्र दोहोरो अंक जोडन सके । जसमा पुछारका खेलाडी बसन्त कार्कीले २० रन बनाउदा उसका चार खेलाडीले खाता खोल्न सकेनन । एक रन हुदा पहिलो विकेट गुमाएको सुदुर ३० रन हुदा सात विकेट खेर फालेको थियो । तर उसको विकेट झर्ने क्रम यतिमा रोकिएन ।

त्यसपछि थप २० रन जोडदा बाकि तीन विकेट गुमादा ५० रनमा अलआउट भयो । सुदुरको पारीलाई धोष्त पार्ने क्रममा आर्मीका जितेन्द्र मुखियाले ६ विकेट लिए । घरेलु प्रतियोगितामा जितेन्द्रको यो ब्यक्तिगत उत्कृष्ट प्रदर्शन हो । यस्तै सागर पुनले तीन विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest