आर्मी क्लव प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइलनमा प्रवेश

विभागिए टिम त्रिभुवन आर्मी क्लव राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ । आज भएको खेलमा सुदुरपश्चिमलाई ८ विकेटले हराउदै आर्मी एक खेल अगावै अन्तिम चारमा प्रवेश गरयो ।

किर्तीपुर क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिम २२ ओभरमा मात्र ५० रनमा अलआउट भयो । उसका लागि एक खेलाडीले मात्र दोहोरो अंक जोडन सके । जसमा पुछारका खेलाडी बसन्त कार्कीले २० रन बनाउदा उसका चार खेलाडीले खाता खोल्न सकेनन । एक रन हुदा पहिलो विकेट गुमाएको सुदुर ३० रन हुदा सात विकेट खेर फालेको थियो । तर उसको विकेट झर्ने क्रम यतिमा रोकिएन । त्यसपछि थप २० रन जोडदा बाकि तीन विकेट गुमादा ५० रनमा अलआउट भयो । सुदुरको पारीलाई धोष्त पार्ने क्रममा आर्मीका जितेन्द्र मुखियाले ६ विकेट लिए । घरेलु प्रतियोगितामा जितेन्द्रको यो ब्यक्तिगत उत्कृष्ट प्रदर्शन हो । यस्तै सागर पुनले तीन विकेट लिए ।

जवाफमा आर्मीले ६ ओभर तीन बलमा दुई विकेट गुमाउदै लक्ष्य पुरा गरयो । आर्मीको जितमा कप्तान विनोद भण्डारीले अविजीत २१ तथा सागर पुन र अनिल मण्डलले समान १०–१० रन बनाए । सुदुरका लागि आर्मीको दुई विकेट विनोद लामा र सागर भण्डारीले लिए । यसअघि आर्मीले पुर्वाञ्चललाई नौ विकेटले हराएको थियो । यस्तै अर्को विभागिए टिम पुलिस पनि यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । अब समुह एको विजेताका लागि भोली आर्मी र पुलिस विच प्रतिस्पर्धा हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest