आर्मीद्धारा पुलिस ७ विकेटले पराजित, बायाहाते अर्थोडक्स बलर सुसान भारीको चमत्कार

विभागिए टिम त्रिभुवन आर्मी राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको समुह बी बाट विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समुहको अन्तिम खेलमा अर्को विभागिए टिम नेपाल पुलिस क्लवलाई सात विकेटले हराउदै आर्मी समुह विजेताका रुपमा अन्तिम चारमा प्रवेश गरयो ।

किर्तीपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिस २५ ओभर पाच बलमा मात्र एक सय नौ रनमा अलआउट भयो । निकै फितलो ब्याटिङ गरेको पुलिसका लागि दुई खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा दिलिप नाथले ५० तथा दिपेन्द्रसिंह ऐरीले २२ रन बनाए । उसका पाच खेलाडीले खाता खोल्न सकेनन । पहिलो बलमा नै विकेट गुमाएको पुलिसले ४९ रन हुदा तीन विकेट खेर फालेको थियो । त्यसपछि ८८ रन हुदा सात विकेट गुमाएको पुलिस अन्तत एक सय नौ रनमा अलआउट भयो । पुलिसको पारीलाई धरासायी बनाउन युवा बलर सुसान भारीले ६ विकेट लिए । उनले सात ओभर पाच बलमा १६ रन दिदै ६ विकेट लिए ।

जवाफमा आर्मीले ३० ओभर चार बलमा तीन विकेट गुमाउदै लक्ष्य पुरा गरयो । आर्मीको जितमा कप्तान विनोद भण्डारीले ४६ तथा नरेश बुढाऐरले ४१ रन बनाए । यस्तै महेश क्षेत्री र सागर पुनले समान ११–११ रनको योगदान गरे । प्रतियोगितामा भोली देखि समुह ए का खेल हुनेछन । जसमा भोली पश्चिमाञ्चल र सशस्त्र प्रहरी विच प्रतिस्पर्धा हुनेछ ।

बायाहाते अर्थोडक्स बलर सुसान भारीको चमत्कार

जारी एकदिवसिय क्रिकेटमा आर्मीका बलरले विपक्षीको पारीलाई एकपछि अर्को रुपमा धरासायी बनाउदै गएका छन । सदुरपश्चिम विरुद्ध ६ विकेट लिएका जितेन्द्र मुखिया पछि पुलिस विरुद्ध ६ विकेट लिदै युवा बलर सुुसान भारीले आफनो लयलाई प्रष्ट पारेका छन । पुलिस विरुद्ध १२ औ ओभरमा बलिङमा आएका भारीको स्पिनमा पुरै पुलिस टिम घुम्न पुग्यो । पहिलो ओभर लिएर भारी आउदा पुलिसको ६९ मा तीन विकेट थियो । भारीले पहिलो ओभरमा चार रन मात्र दिएका थिए । त्यसपछि १४ औ ओभरमा पुन कप्तान भण्डारीले भारीलाई नै बलिङको जिम्मा दिए । जसमा उनले मात्र एक रन दिएर एक विकेट लिए ।

ब्यक्तिगत तेस्रो ओभर लिएर पुन बलिङमा आएका भारीले एक रन दिएर कुशल भुर्तेललाई पेभेलियन फर्काए । सो बेलमा पुलिस ८८ रनमा ६ विकेट गुमाएसकेको थियो । बाया हाते पाल्पाली बलर भारी आफनो चौथो ओभरमा पनि मात्र एक रन दिदा पाचौ ओभरमा एक रन दिएर एक विकेट लिए । टिममा लागि २२ ओभर लिएर आएका भारीले सो ओभरमा पनि मात्र एक रन दिए । बाया हाते अर्थोडक्स बलर भारीको स्पिनमा पुलिस यसरी घुम्योकी रन लिन निकै कठिन थियो । निकै कसिलो बलिङ गरेका भारीले २४ औ ओभरमा दुई रन दिएर अर्धसतक पुरा गरेका दिलिप नाथलाई चौथो विकेटका रुपमा आउट गरे ।

सो बेला पुलिसको एक सय पाच रनमा आठ विकेट थियो । ब्यक्तिगत आठौ तथा टिमका लागि २६ औ ओभरमा पुन भण्डारीले भारीलाई नै निरन्तरता दिए । स्पिनीङ पिचमा कप्तानको विश्वासमा खरो उत्रिएका भारीले सो ओभरमा मात्र दुई रन दिएर दुई विकेट लिए र पुलिसलाई एक सय नौ रनमा खुम्च्याए । १९९५ मा पाल्पामा जन्मिएका भारीको बलिङ यसअघि हामीले धनगढी प्रिमिर लिगमा पनि राम्रो देखेको थियो । टिम चौराहाबाट खेलेका भारीले आठ खेलमा आठ विकेट लिएका थिए । जारी प्रतियोगितामा भारीको आज गरेर १० विकेट पुगिसकेको छ । अलराउण्डर मानिने भारीको एकदिवसिय क्रिकेटमा यो ब्यक्तिगत उच्च प्रदर्शन हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest