खेलाडी सम्झौता नगरेपनि खेलाडीले खेल्ने, बसन्त र शक्ति उपलब्ध नहुने

राजधानीमा जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा खेलाडी सम्झौताका कारण सशस्त्रले खेल्ने नखेल्ने अन्योल तत्कालका लागि समाधान भएको छ । तर प्रतियोगितामा स्टार खेलाडी बसन्त रेग्मी र शक्ति गौचनले समुह चरण नखेल्ने भएका छन ।

क्रिकेट खेलाडीको सम्झौता बैशाखमा सकिएपनि सशस्त्रले अब नया सम्झौता नविकरण नगर्ने बताएपछि खेलाडीले प्रधानमन्त्री कप नखेल्ने भन्ने अन्योलता तत्कालका लागि भने टरेको छ । सशस्त्रले खेलाडीसंगको बैठकमा नया प्रस्ताव अगाडी सारेको थियो, सो प्रस्तावलाई मानेमा प्रतियोगिता खेल्ने नभए सहभागिता नजनाउने कुरा भएको थियो । सशस्त्रको प्रस्ताव प्रतियोगिता खेल्दा खेलाडीलाई म्याच फि दिने तर महिनावारी रुपमा सम्झौता नगर्ने अडान लिएको थियो । जसमा मुखैमा आएको प्रतियोगिता खेल्ने खेलाडीले निर्णय गरेका छन ।

तर प्रतियोगितामा समुह चरणमा शक्ति गौचन र बसन्त रेग्मी नखेल्ने भएका छन । यहि प्रतियोगिताका लागि भनेर बसन्त भैरहवाबाट खेलको तीन दिन अगाडी काठमाडौ आएका थिए । तर सशस्त्रले सम्झौता नविकरण नगर्ने भनेपछि पुन नखेल्ने मनसायका साथ भैरहवा नै फर्किएका छन । तर खेलाडीको आग्रहमा उनि सेमिफाइनलमा देखि खेल्ने आश्वासन दिएका छन । यस्तै शक्ति गौचन पनि वारिवारीक कारण भन्दै सुरुवातमा नखेल्ने बताएका छन ।

करारमा रहेका खेलाडीका लागि वार्षिक ७० लाख खर्च हुदै आएको छ । आन्तरिक स्रोत बाट करिब ६५ लाखको बजेमा सशस्त्रले गर्ने कृष्णमोहन स्मृति ब्याडमिन्टन, सहवीर स्मृति खुला लन टेनिस र महिला भलिवलका गर्दै आएको छ । जसका कारण आर्थिक भार थेग्न नसकेको सशस्त्रले जनाएको छ । करारमा भएका खेलाडीका लागि विकल्पहरु खोजीरहेको बताएको छ ।

सशस्त्रको टिममा प्रदिप ऐरी, भुवन कार्की र यज्ञमान कुमाल बाहेक सवै करारमा छन तर क्लब र खेलाडी बीचको आपसी सहमतिमा सशस्त्र सहभागि हुने भएको छ । कप्तान पारस खडका तीन महिनाका लागि अमेरीकामा रहेका छन । अब विभागिए टिमले नै खेलाडीलाई अनुबन्ध नगरे के साच्चै नेपाली खेलाडी फेरी मर्कामा नै पर्ने अवस्था त आएको होइन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest