च्याम्पियन्स ट्रफि, ग्लेन म्याक्सवेल चोटका कारण न्युजिल्याण्ड विरुद्धको खेल गुमाउने

च्याम्पियन्स ट्रफि अगाडी उपाधि दावेदार टिम अष्ट्रेलियालाई खेलाडीको चोटले दबावमा पारेको छ । अलराउण्डर तथा विस्फोटक खेलाडी ग्लेन म्याक्सवेलले चोटका कारण पाकिस्तान विरुद्धको अभ्यास खेलका साथै न्युजिल्याण्ड विरुद्धको पहिलो खेल गुमाउने भएका छन ।

आज हुने पाकिस्तान विरुद्धको अभ्यास खेलमा घुडाको चोटबाट गुर्जिरहेका म्याक्सवेलले नखेल्ने भएका छन । घुडाको चोट सामान्य भएपनि उनले न्युजिल्याण्ड विरुद्धको खेल पनि गुमाउने पक्का भएको छ । श्रीलंका विरुद्धको अभ्यास खेलमा म्याक्सवेललाई घुडामा चोट लागेको थियो । टिमका फिजियोले चोट सामान्य भएपनि म्याक्सवेललाई न्युजिल्याण्ड विरुद्ध आराम दिन आवश्यक रहेको सल्लाह दिएका थिए ।

समुह चरणमा आफनो पहिलो खेलमा अष्ट्रेलियाले ब्रमिङघममा छिमेकी प्रतिद्धन्द्धी न्युजिल्याण्डसंग शुक्रबार खेल्दैछ । आइपिएलमा उत्कृष्ट प्रदर्शन गरेपछि च्याम्पियन्स ट्रफिका लागि बेलायत पुगेका म्याक्सवेल २८ बर्षे म्याक्सवेल अनुपस्थित हुने भएपछि टिमलाई दबाव भने परेको छ । च्याम्पियन्स ट्रफिको पहिलो खेलमा इग्ल्याण्ड र बंगलादेश विच प्रतिस्पर्धा हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest