प्रधानमन्त्री कप क्रिकेट, पश्चिमाञ्चल र सशस्त्र प्रहरी बल विचको खेलमा बर्षा बाधक

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत पश्चिमाञ्चल र सशस्त्र प्रहरी बल विचको खेल बर्षाका कारण रोकिएको छ ।

किर्तीपुर क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सशस्त्रको स्कोर ३७ ओभरमा चार विकेट गुमाउदा एक सय ६० रन हुदा भारी बर्षा भएको थियो । जसका कारण खेल रोकिएको छ । २० रन हुदा पहिलो विकेट गुमाएको सशस्त्रले ५० रन हुदा दोस्रो विकेट खेर फालेको थियो ।

उसका लागि ओपनर सुवास खकुरेलले ५० तथा आसिफ शेखले १९ रन बनाए । यस्तै कप्तान ज्ञानेन्द्र मल्ल ३३ रनमा अविजीत छन भने प्रदिप ऐरी ४५ रनमा खेलिरहेका छन । तर बर्षाका कारण आउटफिल्ड गिलो भएका कारण खेल रोकिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest