बर्षा बाधक भएको खेलमा पश्चिमाञ्चललाई १४८ रनको लक्ष्य

राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको समुह बीको पहिलो खेलमा सशस्त्रले पश्चिमाञ्चललाई एक सय ४८ रनको लक्ष्य दिएको छ ।

किर्तीपुर क्रिकेट मैदानमा बर्षा बाधक भएपछि खेल निकै बेर रोकिएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको सशस्त्रले ३७ ओभरमा चार विकेट गुमाउदा एक सय ६० रन बनाएको थियो । तर त्यसपछि निरन्तर बर्षा भएपछि खेल सुचारु हुन निकै बेर लाग्यो ।

सशस्त्रका लागि सुवास खकुरेलले ५० तथा प्रदिप ऐरीले ४५ रन बनाए । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले ३३ र आशिफ शेखले १९ रन थपे ।

सशस्त्रका लागि बसन्त रेग्मी, शक्ति गौचन र सन्दिप सुनुवारले प्रतियोगिता नखेल्ने बताउदा टिमलाई बर्षाले पनि ठुलो घाटा पारयो । बर्षा रोकिएपछि अम्पायरले पश्चिमाञ्चललाई २० ओभरमा एक सय ४८ रनको लक्ष्य दियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest