सौरभको विस्फोटक ब्याटिङले पनि हार टार्न सकेन, सशस्त्र १६ रनले विजयी

राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको समुह बीको पहिलो खेलमा सशस्त्रले पश्चिमाञ्चललाई डकवर्थ लुइसको नियमका आधारमा १६ रनले पराजित गरेको छ ।

किर्तीपुर क्रिकेट मैदानमा बर्षा बाधक भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको सशस्त्रले ३७ ओभरमा चार विकेट गुमाउदा एक सय ६० रन बनाएको थियो । तर त्यसपछि निरन्तर बर्षा भएपछि खेल सुचारु हुन निकै बेर लाग्यो । सशस्त्रका लागि सुवास खकुरेलले ५० तथा प्रदिप ऐरीले ४५ रन बनाए । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले ३३ र आशिफ शेखले १९ रन थपे ।

सशस्त्रका लागि बसन्त रेग्मी, शक्ति गौचन र सन्दिप सुनुवारले प्रतियोगिता नखेल्ने भएका छन । बर्षा रोकिएपछि अम्पायरले डकवर्थ एण्ड लुइसको नियमका आधारमा पश्चिमाञ्चलले २० ओभरमा एक सय ४८ रनको लक्ष्य पायो ।

जवाफमा पश्चिमाञ्चलका लागि सौरभ खनालले विस्फोटक ब्याटिङ गर्दै ९० रन बनाएपनि टिमलाई हार बाट बचाउन सकेनन । ३३ रनमा पाच विकेट गुमाएको पश्चिमाञ्चलका लागि सौरभले ४९ बलमा अविजीत ९० रन बनाए । उनले ११ छक्का र तीन चौका प्रहार गरे ।

१९ औ ओभरमा सौरभले अविनाश बोहराको पाच छक्का प्रहार गरेका थिए । तर बाकि खेलाडी सस्तैमा आउट भएपछि पश्चिमाञ्चल २० ओभरमा छ विकेट गुमाउदा एक सय ३१ रनमा रोकियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest