प्रधानमन्त्री कप क्रिकेट, बर्षाका कारण खेल रोकियो, मध्यमाञ्चललाई १२४ रनको लक्ष्य

राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा मध्यपश्चिमले मध्यमाञ्चललाई एक सय २४ रनको लक्ष्य दिएको छ ।

किर्तीपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मध्यपश्चिम ४३ ओभर दुई बलमा एक सय २३ रनमा अलआउट भयो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा राजविर सिंहले ६३ तथा प्रनित थापामगरले २० र अमरसिंह रौतेलाले १० रनको योगदान गरे । एक रन हुदा पहिलो विकेट गुमाएको मध्यपश्चिमले २३ रन हुदा तीन विकेट खेर फालेको थियो ।

त्यसपछि ९२ रन मध्यपश्चिमले महत्वपुर्ण ६ विकेट गुमाइसकेको थियो । अन्तत एक सय २४ रनको सामान्य लक्ष्य दिन सफल भयो । मध्यपश्चिमलाई कम स्कोरमा रोक्न किशोर महतोले चार तथा हरीशंकर शाहले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest