प्रधानमन्त्री कप क्रिकेट, मध्यपश्चिम र मध्यमाञ्चल विचको खेलमा बर्षा बाधक

राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत मध्यमाञ्चल र मध्यपश्चिमाञ्चल विचको खेलमा बर्षा बाधक बनेको छ । दोस्रो पारीमा निरन्तर बर्षा भएपछि खेल नतिजा विहिन हुदा दुबै टिमले अंक बाढेका छन ।

किर्तीपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मध्यपश्चिम ४३ ओभर दुई बलमा एक सय २३ रनमा अलआउट भयो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा राजविर सिंहले ६३ तथा प्रनित थापामगरले २० र अमरसिंह रौतेलाले १० रनको योगदान गरे । एक रन हुदा पहिलो विकेट गुमाएको मध्यपश्चिमले २३ रन हुदा तीन विकेट खेर फालेको थियो ।

त्यसपछि ९२ रन मध्यपश्चिमले महत्वपुर्ण ६ विकेट गुमाइसकेको थियो । अन्तत एक सय २४ रनको सामान्य लक्ष्य दिन सफल भयो । मध्यपश्चिमलाई कम स्कोरमा रोक्न किशोर महतोले चार तथा हरीशंकर शाहले दुई विकेट लिए । जवाफमा एक सय २४ रनको लक्ष्य मध्यपश्चिमको स्कोर २३ रनमा एक विकेट हुदा भारी बर्षाले खेल रोकिन पुग्यो ।

त्यसपछि पुन खेल सुचारु नभएपछि अम्पायरले आज खेल रद्द भएको घोषणा गरे । जसका कारण दुबै टिमले एक एक अंक बाढेका छन । आजको बराबरीले दुबै टिमलाई घाटा भएको छ । समुह ए मा सशस्त्रको दुई अंक छ भने मध्यपश्चिम र मध्यमाञ्चलको एक एक अंक भएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest