क्यानडालाई पछि पार्दै ओमान डिभिजन थ्री च्याम्पियन

क्यानडालाई पछि पार्दै ओमान आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन टु मा उक्लिएको छ । क्यानडा विरुद्धको फाइनल खेल बर्षाले नतिजा विहिन भएपछि ओमान पोइन्ट टेवलमा शिर्ष स्थानमा रहदै डिभिजन थ्रिको च्याम्पियन बनेको हो ।

युगान्डाको काम्पाला स्थित लुगोगो क्रिकेट मैदानमा बर्षाका कारण ३८ ओभरमा झारीएको खेलमा टस हारेर क्यानडाले पहिलो ब्याटिङको निम्तो पाएको थियो । उसमा क्यानडाले तीन विकेट गुमाउदै एक सय ७६ रन बनायो । उसका लागि भविन्दु आदीहेटीले ८६ तथा कप्तान नितीश कुमारले ५० रन बनाए । यस्तै धनुका पथिरानाले २१ रनको योगदान गरे ।

दोस्रो पारिमा पुन बर्षा बाधक बनेपछि खेल २४ ओभरमा ओमानले एक सय ७७ रन बनाउनु पर्ने थियो । जसमा चार ओभर तीन बलमा दुई विकेट गुमाउदै ५० रनको अवस्थामा पुन भारी बर्षा भएपछि खेल रोकिन पुग्यो । जसमा जेशन मक्सुदले ३२ रन बनाएका थिए । तर निरन्तरको बर्षाका कारण खेल सम्भव नभएपछि पोइन्ट टेवलको शिर्ष स्थानमा रहेको ओमान च्याम्पियन घोषित भयो । प्रतियोगितामा ओमानले पाच खेलमा चारमा जित र एक हार ब्यहोरेको थियो । यसको घाटा क्यानडालाई भयो । क्यानडा उपविजेतामा सिमित बन्यो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest