च्याम्पियन मध्ये को च्याम्पियन होला, सुरु हुदैछ महाभिडन्त च्याम्पियन ट्रफि

च्याम्पियन मध्ये को च्याम्पियन होला यसको छिनोफानो भोली देखि इग्ल्याण्ड र वेल्समा हुने च्याम्पियनस ट्रफिले बताउने छ । प्रतियोगिताको उदघाटन खेलमा भोली लण्डनको ओभलमा साविक उपविजेता तथा घरेलु टिम इग्ल्याण्ड र बंगलादेश विच प्रतिस्पर्धा हुनेछ ।

दुई पटकको उपविजेता इग्ल्याण्डले अहिलेसम्म उपाधि जित्न सकेको छैन । यसअघि २००४ मा फाइनलमा पुग्दा इग्ल्याण्ड वेष्ट इन्डिजसंग पराजित भएको थियो भने अघिल्लो सस्करणमा भारतसंग हार्न पुगेको थियो । यसपटक भने घरेलु मैदानमा हुने प्रतियोगितामा राम्रो नजिता निकाल्ने लक्ष्यमा इग्ल्याण्ड रहेको छ । जसको सुरुवात बंगलादेश विरुद्धको खेलबाट हुनेछ । बंगलादेश २००६ पछि पहिलो पटक च्याम्पियन्स ट्रफिमा छनोट भएको हो । यसपटक उसले वेष्ट इन्डिजलाई पछि पार्दै च्याम्पियन्स ट्रफि खेल्न लागेको हो । युवा खेलाडीले भरीएको बंगलादेश समुह ए को अन्डरडग टिमका रुपमा हेरीएको छ । किनकी पछिल्लो पटक उसले अन्तराष्ट्रिय स्तरमा निकै राम्रो प्रदर्शन गरिरहेको छ ।

आठ टिमका खेलाडी यसप्रकार रहेका छन ।

इङल्यान्ड


इङल्यान्डको कप्तानी इयोन मोर्गले गर्नेछन्। टोलीमा मोइन अली, जॉनी बेयरस्टो, जैक बॉल, सैम बिलिंग्स, जोस बटलर, एलेक्स हेल्स, लियाम प्लंकेट, आदिल राशिद, जोए रूट, जेसन रॉय, बेन स्टोक्स, डेविड विले, क्रिस वोक्स र मार्क वुड छन्।

बंगलादेश

बंगलादेशको कप्तानी मशरफे मुर्तजाले गर्नेछन्। टोलीमा तमीम इकबाल, सौम्य सरकार, इमरुल कैस, मुशफिकुर रहीम, शाकिब अल हसन, महमूदुल्लाह, शब्बीर रहमान, मुसद्दिक हुसैन, मेंहदी हसन, सुनजामुल इस्लाम, मुस्तफिजुर रहमान, तस्कीन अहमद, रुबेल हुसैन र शफीउल इस्लाम छन्।

भारत


विराट कोहलीको कप्तानीमा रहेको भारतीय टिममा शिखर धवन,रोहित शर्मा, अजेन्का रहाणे, महेन्द्रसिंह धोन, युवराज सिंह, केदार जाधव, हार्दिक पांड्या, रविचन्दन आश्विक र रविन्द्र जडेजा, उमेश यादव, भुवनेश्वदर कुमार, जसप्रीत बुमराह र मनिष पान्डे छन्।

पाकिस्तान

पाकिस्तानको कप्तानी सरफराज अहमदले गर्नेछन्। टोलीमा अजहर अली,अहमद शेहजाद,मोहम्मद हाफिज, बाबर आजम, उमर अकमल, सोयब मलिक, फकहार जम्मा, इमाद वासिम, हसन अली, फहिम अशरफ,वहाव रियाज, मोहम्मद आमिर जुनैद खान र शादाब खान छन्।

दक्षिण अफ्रिका


दक्षिण अफ्रिकाको कप्तानी एबी डि विलियर्सले गर्नेछन्। टोलीमा हासिम अम्ला,क्विन्टन डिकक, जेपी डुमिनि, फाफ डू प्लेसि, डेविड मिलर, क्रिस मोरिस, वेन पार्नेल, एंडील फेहलुकवायो, कगिसो रबादा, इमरान ताहिर, ड्वेन प्रिस्टोरियस, केशव महाराज, फरहान बेहरदीन र मोर्ने मोर्केल छन्।


न्युजिल्यान्ड


न्युजिल्यान्डको कप्तानी केन विलियमसनले गर्नेछन्। टोलीमा कोरी एंडरसन, ट्रेंट बोल्ट, नाइल ब्रूम, कोलिन डिग्रेंडहोम, मार्टिन गुप्टिल, टम लेथम, मिशेल मेक्लिंघन, एडम मिल्ने, जिम्मी नीशाम, जीतन पटेल, ल्यूक रॉन्ची, मिशेल सेंटनर, टिम साउदी र रोस टेलर छन्।

श्रीलंका

श्रीलंकाको कप्तानी एंजिलो माथ्यूजले गर्नेछन्। टोलीमा उपल थरंगा, निरोशन डिकवेला, कुशल मेन्डिस, कुशल परेरा, चमारा कपुगेदेरा, असेला गुणारत्ने, दिनेश चन्डीमल, लासिथ मालिंगा, सुरंग लकमल, नुवान कुलसेकरा, नुवान प्रदीप, थिसारा परेरा, लक्षण संदकन र सिकुगे प्रसन्ना छन्।

अस्ट्रेलिया


अस्ट्रेलियाको कप्तानी स्टिभ स्मिथले गर्नेछन्। टोलीमा डेविड वार्नर, पैट कमिंस, अरोन फिन्च, जोन हेस्टिंग्स, जोश हेजलवुड, ट्रेविस हेड, मोइसिस हेनरिक्स, क्रिस लिन, ग्लेन म्याक्सवेल, जेम्स पेटिन्सन, मिशेल स्टार्क, मार्कस स्टोइनिस, माथ्यू वेड र एडम जम्पा छन्।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest