पश्चिमाञ्चलले मध्यमाञ्चललाई दुई सय तीन रनको लक्ष्य

राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा पश्चिमाञ्चलले मध्यमाञ्चललाई दुई सय तीन रनको लक्ष्य दिएको छ ।

किर्तीपुर क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पश्चिमाञ्चलले ५० ओभरमा आठ विकेट गुमाउदै दुई सय दुई रन बनायो । जारी प्रतियोगितामा पुरै ५० ओभर खेल्ने पश्चिमाञ्चल पहिलो टिम हो । यसअघि भएको सबै खेलमा कुनैपनि टिमले पुरै ओभर खेलेका थिएनन । पश्चिमाञ्चलले नौ रन हुदा पहिलो विकेट गुमाएको थियो । तयसपछि ८७ रन हुदा पाच विकेट गुमाएको पश्चिमाञ्चलका लागि सौरभ खनालले पारी सम्हाले ।

सशस्त्र विरुद्ध उत्कृष्ट पारी खेलेका सौरभले आज पनि ७८ रन बनाए । जारी प्रतियोगितामा उनको यो लगातार दोस्रो अर्धसतक हो । ५८ बल खेलेका सौरभले तीन चौका र ६ छक्का प्रहार गरेका थिए । यस्तै अन्तिम थापाले ३४ र अनिल गुरुङले २८ रनको योगदान दिए । साथै विधान श्रेष्ठले १८ र कृष्ण कार्कीले १५ रनको योगदान गरे । बलिङ तर्फ किशोर महतोले तीन तथा नन्दन यादवले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest