सौरभ खनालको उत्कृष्ट ब्याटिङले पश्चिमाञ्चलले मध्यमाञ्चललाई ९५ रनले हरायो

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा पश्चिमाञ्चलले पहिलो जित निकालेको छ । आज भएको खेलमा मध्यमाञ्चललाई ९५ रनले हराउदै सेमिफाइनलको सम्भावना जिवीतै राखेको छ ।

Quick Score – Western Region 202/8 (50 ov) beat Central Region 107 (40.3 ov) by 95 runs.

किर्तीपुर क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पश्चिमाञ्चलले ५० ओभरमा आठ विकेट गुमाउदै दुई सय दुई रन बनायो । जारी प्रतियोगितामा पुरै ५० ओभर खेल्ने पश्चिमाञ्चल पहिलो टिम हो । यसअघि भएको सबै खेलमा कुनैपनि टिमले पुरै ओभर खेलेका थिएनन । पश्चिमाञ्चलले नौ रन हुदा पहिलो विकेट गुमाएको थियो । तयसपछि ८७ रन हुदा पाच विकेट गुमाएको पश्चिमाञ्चलका लागि सौरभ खनालले पारी सम्हाले ।

सशस्त्र विरुद्ध उत्कृष्ट पारी खेलेका सौरभले आज पनि ७८ रन बनाए । जारी प्रतियोगितामा उनको यो लगातार दोस्रो अर्धसतक हो । ५८ बल खेलेका सौरभले तीन चौका र ६ छक्का प्रहार गरेका थिए । यस्तै अन्तिम थापाले ३४ र अनिल गुरुङले २८ रनको योगदान दिए । साथै विधान श्रेष्ठले १८ र कृष्ण कार्कीले १५ रनको योगदान गरे । बलिङ तर्फ किशोर महतोले तीन तथा नन्दन यादवले दुई विकेट लिए ।

जवाफमा मध्यमाञ्चल ४० ओभर तीन बलमा एक सय सात रनमा अलआउट भयो । उसका चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । १३ रन हुदा पहिलो विकेट गुमाएको मध्यमाञ्चलले ५९ रन हुदा सात विकेट खेर फालेको थियो । उसका लागि इशान पाण्डेले २४ तथा किशोर महतोले १७ र संसद आलमले १५ रन बनाउनु बाहेक बाकि खेलाडी सस्तैमा आउट भए ।

पहिलो खेलमा सशस्त्रसंग पराजित भएको पश्चिमाञ्चललाई जीत दिलाउन लाल अधिकारीले तीन तथा विपिन खत्री र रोहित पौडेलले दुई दुई विकेट लिए । प्रतियोगितामा भोली मध्यपश्चिम र पश्चिमाञ्चल विच खेल हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest