अन्तर विध्यालय क्रिकेट, डिएभी, नितीन मेमोरियल र ग्रिन ल स्कुल विजयी

राजधानीमा जारी अन्तर विध्यालय क्रिकेट प्रतियोगिताको दोस्रो दिन डिएभी, नितीन मेमोरियल र ग्रिन ल स्कुल विजयी भएका छन ।

रातोपुल स्थित भेलोसिटी एरिनामा भएको खेलमा डिएभीले एपीआइलाई ५५ रनले हरायो । पहिले ब्याटिङ गरेको डिएभीले १२ ओभरमा सात विकेट गुमाउदै एक सय ११ रन बनाएको थियो । जवाफमा एपीआइ १० ओभर तीन बलमा आठ विकेट गुमाउदै ५६ रनमा रोकियो ।

अर्को खेलमा नितीन मेमोरीयल एकेडेमीले प्रिमियर स्कुललाई सात विकेटले हरायो । पहिलो ब्याटिङ गरेको प्रिमियरले ९ ओभर २ बलमा ५३ रन बनाएको थियो । जवाफमा नितीन स्कुलले ८ ओभरमा उक विकेट गुमाउदै लक्ष्य पुरा गरयो ।

यस्तै अपी स्कुललाइ ग्रिन ल एकेडेमीले चार विकेटले हरायो । पहिले ब्याटिङ गरेको अपीले १२ ओभरमा पाच विकेट गुमाउदै ७९ रन बनाएको थियो । जवाफमा ग्रिनले ११ ओभर पाच बलमा चार विकेट गुमाउदै लक्ष्य पुरा गरयो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest