प्रधानमन्त्री कप क्रिकेट, सौरभ खनालको टिम पश्चिमाञ्चल सेमिफाइनलमा

मध्यपश्चिमाञ्चललाई हराउदै पश्चिमाञ्चल राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको समुह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ ।

किर्तीपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मध्यपश्चिम २३ ओभरमा मात्र ६२ रनमा अलआउट भयो । उसका कुनैपनि खेलाडीले २० रन पार गर्न सकेनन । ६ खेलाडी शुन्य रनमा नै आउट भएको मध्यपश्चिमका लागि सुविन्धु पाण्डे, राजवीर सिंह र अमरसिंह रउटेलाले समान १३ रन बनाए । २४ रनमा पहिलो विकेट गुमाएको मध्यपश्चिमले थप एक रन जोडदा अरु चार विकेट खेर फालेको थियो । त्यसपछि पनि विकेट झर्ने क्रम नरोकिदा अन्तत ६२ रनमा अलआउट भयो । मध्यपश्चिमलाई कम स्कोरमा रोक्न विपिन कार्की र लाल अधिकारीले समान चार चार विकेट लिए ।

जवाफमा पश्चिमाञ्चलले ११ ओभर एक बलमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरयो । यसअघि मध्यक्रममा आएका सौरभ खनालले पश्चिमाञ्चलको पारीको ओपनिङ गरेका थिए । लगातार दुई अर्धसतक प्रहार गरेका सौरभले आज २० तथा अनिल गुरुङले २३ र नुरधोज सेनले १९ रन बनाए । तीन खेलबाट चार अंक बनाएको पश्चिमाञ्चल सेमिफाइनलमा पुग्दा अब समुह ए बाट सेमिफाइनलमा पुग्न सशस्त्र, मध्यपश्चिम र मध्यमाञ्चल विच प्रतिस्पर्धा हुने भएको छ । सशस्त्रले एक खेलमात्र खेलेको छ भने मध्यमाञ्चल र मध्यपश्चिमले दुई दुई खेल खेलका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest