तमिम इक्वालको च्याम्पियन्स ट्रफिको डेब्यु खेलमा नै सतक

च्याम्पियन्स ट्रफिको उदघाटन खेलमा नै बंगलादेशका ओपनर तमीम इक्वालले सतक प्रहार गरेका छन । उत्कृष्ट लयमा रहेका तमिमले च्याम्पियन्स ट्रफिको डेब्यु खेलमा नै सतक प्रहार गर्न सफल भए ।

२००६ पछि पहिलो पटक च्याम्पियन्स ट्रफिका लागि छनोट भएको बंगलादेशले इग्ल्याण्ड विरुद्ध उत्कृष्ट प्रदर्शन गर्न सफल भयो । द ओभल मैदानमा टस हारेर ब्याटिङ पाएको बंगलादेशको पारीलाई उत्कृष्ट बनाउन तमिमले एक सय २४ बलमा सतक प्रहार गरे । उनले यो क्रममा ११ चौका र एक छक्का प्रहार गरेका थिए ।

करियरमा नबौ सतक प्रहार गर्ने क्रममा तमिमले इग्ल्याण्डका बलरलाई दबाव राखे । यसका साथै च्याम्पियन्स ट्रफिको पहिलो खेलमा नै सतक प्रहार गर्ने रेकर्ड पनि बनाएका छन भने प्रतियोगितामा सतक प्रहार गर्ने तमिम ४१ औ खेलाडी बनेका छन । अभ्यास खेलमा खासै राम्रो खेल्न नसकेको बंगलादेशले इग्ल्याण्ड विरुद्ध भने निकै राम्रो प्रदर्शन गरेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest