च्याम्पियन्स ट्रफि, बंगलादेशद्धारा इङ्ल्यान्ड सामु ३०६ रनको लक्ष्य

काठमाडौं – आइसीसी च्याम्पियन्स ट्रफिको उदघाटन खेलमा बंगलादेशले घरेलु टिम इङ्ल्यान्डलाई ३०६ रनको लक्ष्य दिएको छ ।

इङ्ल्यान्डको ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरेको थियो । तर सोउम्य सरकार २८ रनमा आउट हुदा बंगलादेशले पहिलो विकेट गुमायो । ९५ रन हुदा दुई विकेट गुमाएको बंगलादेका लागि तमिम इक्वाल र मुस्फिकुर रहिमले तेस्रो विकेटका लागि एक सय ६६ रनको साझेदारी गर्दै बलियो स्थितीमा पुरयाए ।

च्याम्पियन्स ट्रफिमा पहिलो खेल खेलिरहेका तमिमले पहिलो खेलमा नै सतक प्रहार गरे । उनले एक सय ४२ बलमा १२ चौका र तीन छक्काको मद्दतले एक सय २८ रन बनाए । यस्तै रहिमले ७९ रन बनाए । यस्तै सबिर रहमानले २४ तथा इमरुल कायसले १९ रन थपे । इङ्ल्यान्डका लागि लिम प्लुङकिटले चार विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest