च्याम्पियन्स ट्रफि, अष्ट्रेलिया र न्युजिल्याण्ड भिड्दै

च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा आज अष्ट्रेलिया र न्युजिल्याण्ड विच प्रतिस्पर्धा हुनेछन । यसैविच गएराति भएको उदघाटन खेलमा घरेलु टोली इङल्यान्डले बंगलादेशलाइ आठ विकेटले पराजित गरेको छ ।

लन्डन स्थित केनिगंटन ओभलमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउदै तीन सय पांच रन बनाएको थियो । उसका लागि तमिम इकबालले शतकिय पारी खेले । तमिमले एक सय ४२ बल खेल्दै एक सय २८ रन बनाएक । उनले तीन छक्का र १२ चौका हिर्काएका थिए । मुस्पिmकर रहिमले ७९ रन जोडे सौम्य सरकारले २८ रन टिमको खातामा जोडे । वलिङ तर्फ इङल्यान्डका लियाम प्लंकेटले चार विकेट लिए । सौम्य सरकारलाइ एघार ओभर ६ बलमा आउट गर्दै बेन स्टोकले इङल्यान्डलाइ पहिलो सफलता दिलाएका थिए ।

जवाफमा तीन सय ६ रनको इङल्यान्डले ४७ ओभर दुइ बलमा मात्र दुइ विकेट गुमाउदै पुरा गर्‍यो । इङल्यान्डको जीतमा जो रुटले एक सय ३३ रनको अविजीत पारी खेले । एक सय २९ बल खेलेका रुटले एक छक्का र एघार चौका प्रहार गरे । एलेक्स हल्सले ९५ रनको योगदान दिए । शतक बनाउन बाट पांच रनले चुकेका हल्स सबिर रहमानको बलमा क्याच भएका थिए । कप्तान इयोन मोर्गाने ७५ रन बनाउदै अन्तिम समय सम्म क्रिजमा रहे । समुह ए मा रहेको इङल्यान्डले जीत संगै दुइ अंक जोडेको छ । च्याम्पियन्स ट्रफीमा आज अस्ट्रेलिया र नयुजिल्यान्ड बीच खेल हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest