सशस्त्र प्रहरी बल सेमीफाइनलमा, मध्यपश्चिमाञ्चल पाँच विकेटले पराजित

मध्यपश्चिमाञ्चललाइ पाँच विकेटले पराजित गर्दै सशस्त्र प्रहरी बल राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।

टियु मैदानमा टस जितेर ब्याटिङ गरेको मध्यपश्चिमले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउदै एक सय ८१ रन बनाएको थियो । ६६ रनमा पांच विकेट खेर फालेको मध्यपश्चिमका लागि अनुपम सिंहले अर्धशतकिय पारी खेले । ९५ बल खेलेका अनुपमले ५६ रन बनाए । जसमा ६ चौका सामेल थियो । राजवीर सिंहले ३७ र सिद्धान्त राज शाहीले अविजीत ३५ रन बनाएपछि मध्यपश्चिमले सशस्त्र सामु सम्मानजनक लक्ष्य प्रस्तुत गरेको थियो ।

सशस्त्रका भुवन कार्कीले तीन तथा अभिनाश बोहोराले दुइ विकेट लिए । जवाफमा एक सय ८२ रनको लक्ष्य सशस्त्रले २८ ओभर दुइ वलमा पांच विकेट गुमाउदै पुरा गर्‍यो । सशस्त्रको जीतमा संदिप सुनारले उत्कृष्ट प्रदर्शन गरे । टिमको स्कोर २३ रन हुदा ओपनर सुवास खकुरेललाइ ब्यक्तिगत १२ रनमा गुमाएको सशस्त्रको पारीलाइ संदिप र आरिफ शेखले अघि बढाएका थिए । यी दुइ को जोडीले दोस्रो विकेटका लागि ९२ रनको साझदारी गरेपछि सशस्त्र दवावमा आएन् । संदिप ८७ रनमा अमर राउटेलाको बलमा आउट भए । ८३ बलको सामना गरेका संदिपले पाँच चौका र सात छक्का हिर्काए । आरिफले ४० रनको योगदान दिए । पृथु बास्कोटा १५ रनमा अविजीत रहे ।

एक खेल अगावै समुह ए बाट सेमीफाइनल पुगेको सशस्त्रले समुहको अन्तिम खेलमा भोली मध्यमाञ्चल संग प्रतिस्पर्धा गर्नेछ । यो खेलले समुह विजेताको टुगो लगाउनेछ । पश्चिमाञ्चल यसअघिनै समुह ए बाट सेमीफाइनल पुगीसकेको छ । आजको खेल संगै सेमीफाइनल समीकरण पनि पुरा भएको छ । समुह बी बाट त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब अन्तिम चारमा प्रवेश गरेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest