च्याम्पियन्स ट्रफि, अष्ट्रेलिया र न्युजिल्याण्डको खेलमा बर्षा बाधक

च्याम्पियन्स ट्रफि अन्तर्गत अष्ट्रेलिया र न्युजिल्याण्ड विचको खेल बर्षाका कारण रोकिएको छ ।

ब्रमिङघनमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डको स्कोर नौ ओभर तीन बलमा ६७ रन हुदा बर्षा भएपछि खेल राकिएको छ । समुह ए अन्तर्गतको दोस्रो खेलमा न्युजिल्याण्डले ४० रन हुदा पहिलो विकेट गुमाएको थियो । उसका मार्टिन गुप्टिल २६ रनमा जोस हेजलहुडको बलमा पेभेलियन फर्किएको थिए । त्यसपछि कप्तान केन विलियम्सन र लुक रोन्चीले न्युजिल्याण्डको पारीलाई सम्हाल्ने प्रयास गरेपनि बर्षा बाधक बन्यो । उनीहरुले दोस्रो विकेटका लागि २७ रनको साझेदारी गरेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest