अन्तर स्कुल क्रिकेटको उपाधि नितीन स्कुललाइ, डिएभी तीन विकेटले पराजित

राजधानीमा सम्पन्न अन्तर स्कुल इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि नितीन मेमोरीयल स्कुलले जितेको छ । फाइनलमा डिएभी स्कुललाई तीन विकेटले पराजित गर्दै नितीन स्कुलले उपाधि जितेको हो ।

रातोपुल स्थित भेलोसिटी एरीनामा भएको फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको डिएभी स्कुलले ११ ओभर एक बलमा ८६ रनमा अलआउट भयो । उसका लागि आदितय अग्रवालले १५ रन बनाए । बलिङ तर्फ नितीनका जितेन तामाङले तीन ओभरमा दुई विकेट लिए ।

जवाफमा नितीन मेमोरीयलले १४ ओभरमा पाच विकेट गुमाउदै लक्ष्य पुरा गरयो । उसका लागि सुमन लिम्बुले २३ तथा सुरज रानामगरले १८ रन बनाए ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीको सुची


बेष्ट ब्याट्सम्यान रिउल श्रेष्ठ (अपी स्कुल)
बेष्ट बलर जितेन तामाङ (नितीन स्कुल)
म्यान अफ द सिरीज सुमन श्रेष्ठ (डीएभी)
इमर्जिङ खेलाडी विभक्त लम्साल (ग्रिन लज एकेडेमी)
बेष्ट फिल्डर क्रिस अधिकारी

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest