च्याम्पियन्स ट्रफिमा केन विलियम्सनको पनि सतक, एकपछि अर्को सतक बनाउदै खेलाडी

आइसीसी च्याम्पियन्स ट्रफिको दोस्रो दिनको खेलमा पहिलो दिन देखि नै सतक बनाउने क्रम बढेको छ । प्रतियोगिताको दोस्रो खेल जारी हुदा अहिलेसम्म तीन सतक बनिसकेका छन ।

प्रतियोगिताको पहिलो दिन नै बंगलादेशका तमिम इक्वाल र इग्ल्याण्डका जोय रुटले सतक प्रहार गर्दा दोस्रो दिन न्युजिल्याण्डका कप्तान केन विलियम्सनले पनि सतक प्रहार गरेका छन । भारतमा भएको आइपिएलमा उत्कृष्ट फर्म देखिएका केनले सो फर्मलाई च्याम्पियन्स ट्रफिमा पनि जारी राखेका छन । पानी परेपछि करीव डेढ घण्टा रोकिएको खेलमा केन विलियम्सनले ९६ बलमा सतक प्रहार गर्दै कप्तानी पारी खेले । सो क्रममा उनले आठ चौका र तीन छक्का प्रहार गरे । एक सय चारको स्ट्राइक रेटमा खेलेका विलियम्सनको त्यसको लगत्तै रन आउट हुन पुगे । एक सय १२ औ एकदिवसिय खेल खेलेका विलियम्सनको यो नबौ अन्तराष्ट्रिय सतक हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest