च्याम्पियन्स ट्रफि, न्युजिल्याण्डद्धारा दुई सय ९२ रनको लक्ष्य, बर्षा बाधक बन्दै

आइसीसी च्याम्पियन्स ट्रफि अन्तर्गत दोस्रो खेलमा न्युजिल्याण्डले अष्ट्रेलियालाई दुई सय ९२ रनको लक्ष्य दिएको छ ।

ब्रमिङघममा जारी खेलमा बर्षाका कारण ४६ ओभरमा झारीएको खेलमा न्युजिल्याण्ड ४५ ओभरमा दुई सय ९१ रनमा अलआउट भयो । उसका लागि कप्तान केन विलियम्सनले कप्तानी पारी खेल्दै एक सय रन बनाए । यस्तै लुकै रोन्चीले ६५ तथा रोस टेलरले ४६ रनको योगदान गरे । दुई ५४ रन हुदा मात्र चार विकेट गुमाएको न्युजिल्याण्डले बाकि ३७ रन थप्दा अरु ६ विकेट खेर फाल्यो । उसका पुछारका कुनैपनि खेलाडीले राम्रो खेल्न सकेनन ।

बलिङ तर्फ अष्ट्रेलियाका जोस हेजलहुडले ६ विकेट लिए । उनले नौ ओभरमा ५२ रन खर्चेर महत्वपुर्ण ६ विकेट लिए । करियरमा दोस्रो पाच विकेटको हल बनाउने क्रममा जोसले पाच दशमलव सात सातको इकोनोमीमा बलिङ गरेका थिए । जवाफमा अष्ट्रेलियाको पारी सुरु हुनु अगाडी पुन पानी परेर खेल रोकिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest