अस्ट्रेलिया र न्युजील्यान्ड बीचको खेल वर्षाका कारण रद्ध

च्याम्पियन्स ट्रफी अन्तर्गत अस्ट्रेलिया र न्युजील्यान्ड बीचको खेल वर्षाका कारण रद्ध भएको छ । जसका कारण दुवै टिमले एक एक अंक बाडे ।

टज जितेर ब्याटिङ गरेको न्युजील्यान्डले ४५ ओभरमा अल आउट हुदै दुइ सय ९१ रन बनाएको थियो । वर्षाका कारण खेल ५० ओभर बाट ४६ ओभरमा झारिएको थियो । न्युजील्यान्डका लागि केन विलियम्सनले शतकिय पारी खेले । ९७ बल खेलेका विलियम्सनले एक सय रन बनाएका थिए । उनको पारीमा तीन छक्का र आठ चौका सामेल थियो । ल्युक रोन्ची ६५ र रोज टेलरले ४६ रन बनाइ । अस्ट्रेलियाका जोश हेजलवुडले करियरकै उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिए ।

पुन वर्षा भएपछि अस्ट्रेलियाले ३३ ओभरमा दुइ सय ३५ रनको नया लक्ष्य पाएको थियो । तर उसको सुरुवात राम्रो हुन सकेन् । वर्षाले खेल रद्ध हुनु अघि अस्ट्रेलियाले नौ ओभरमा तीन विकेट खेर फाल्दै ५३ रन जोडेका थियो । डेविड वार्नर र मोसिस हेनरिक्सले समान १८–१८ रन जोडेका थिए । खेल रद्ध हुदा सम्म न्युजील्यान्ड वलियो स्थितीमा रहेको थियो । खेल रद्ध भएसंगै समुह ए मा रहेका दुवैले एक एक अंक बाडे । यो समुहमा इङल्यान्ड तीन अंकका सात शीर्ष स्थानमा छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest