हसीम अन्सारीको सतकमा मध्यमाञ्चलले सशस्त्रलाई दियो १८८ रनको लक्ष्य

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा मध्यमाञ्चलले विभागिए टिम सशस्त्र प्रहरी बललाई एक सय ८८ रनको लक्ष्य दिएको छ ।

किर्तीपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मध्यमाञ्चल ४८ ओभर तीन बलमा एक सय ८७ रनमा अलआउट भयो । उसका लागि हसीम अन्सारीले सतक प्रहार गरे । एक दिवसिय क्रिकेटमा पहिलो सतक प्रहा गरेका हसीमले एक सय २४ बलमा एक सय एक रन बनाए । नियमिती कप्तान शरद भेषवाकरको सट्टा कप्तानीको जिम्मा पाएका हसीमको सतक जारी प्रतियोगितामा पहिलो सतक हो । उनले १२ चौका र एक छक्का प्रहार गरेका थिए ।

यस्तै सोनु तामाङले २७ रन बनाउदा बाकि खेलाडीले राम्रो खेल्न सकेनन । पाच रनमा पहिलो विकेट गुमाएको मध्यमाञ्चलले ३४ रन हुदा चार विकेट खेर फालेको थियो । त्यसपछि ८६ रन हुदा सात विकेट गुमाइसकेको मध्यमाञ्चललाई हसीम एक्लैले सम्मानजनक स्कोरमा पुरयाए । बलिङ तर्फ सशस्त्रका ज्ञानेन्द्र मल्लले चार तथा भुवन कार्की र अभिनाश बोहराले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest