हसिम अन्सारीको सतक खेर, सशस्त्र ६ विकेटले विजयी

मध्यमाञ्चललाई ६ विकेटले हराउदै विभागिय टिम सशस्त्र प्रहरी बल प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको समुह-ए बाट विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

किर्तीपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मध्यमाञ्चल ४८ ओभर तीन बलमा १८७ रन बनाएर सिमित भयो । उसका लागि हसीम अन्सारीले सतक प्रहार गरे । एक दिवसिय क्रिकेटमा पहिलो सतक प्रहार गरेका हसीमले १२४ बलमा १२ चौका र १ छक्का को मद्धत ले १०१ रन बनाए ।

नियमित कप्तान शरद भेषवाकरको सट्टा कप्तानीको जिम्मा पाएका हसीमको सतक जारी प्रतियोगितामा पहिलो सतक हो । यस्तै सोनु तामाङले २७ रन बनाउँदा बाँकि खेलाडीले राम्रो खेल्न सकेनन ।

पाँच रनमा पहिलो विकेट गुमाएको मध्यमाञ्चलले ३४ रन हुँदा चार विकेट खेर फालेको थियो । त्यसपछि ८६ रन मा सात विकेट गुमाइसकेको मध्यमाञ्चललाई हसीम एक्लैले सम्मानजनक स्कोरमा पुरयाएका थिए। बलिङ तर्फ सशस्त्रका ज्ञानेन्द्र मल्लले चार तथा भुवन कार्की र अभिनाश बोहराले दुई दुई विकेट लिए ।

जवाफमा सशस्त्रले ३४ ओभरमा चार विकेट गुमाउदै लक्ष्य पुरा गरयो । ३८ रनमा पहिलो विकेट गुमाएको सशस्त्रको जितमा युवा खेलाडी अनिल शाहले अविजीत ७८ रन बनाए । यस्तै सन्दिप सुनारले ४१ तथा कप्तान ज्ञानेन्द्र मल्लले अविजीत २८ र आशिफ शेखले २२ रन बनाए । राष्ट्रिय एकदिवसिय क्रिकेटमा अनिलको यो ब्यक्तिगत उच्च स्कोर हो भने अर्धसतक प्रहार गर्ने चौथो खेलाडी हुन ।

बलिङ तर्फ मध्यमाञ्चलका सशी केशरीले तीन विकेट लिए । हारपछि मध्यमाञ्चलको यात्रा समुह चरण बाट नै रोकिएको छ ।

Points table - PM Cup 2074
Points table – PM Cup 2074

एसै गरी समुह ए बाट पश्चिमाञ्चल उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ । अब हुने सेमिफाइनल खेल मा आर्मीले पश्चिमाञ्चल र सशस्त्रले पुलिससंग खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest