च्याम्पियन्स ट्रफि, एकपछि अर्को सतक बन्ने क्रम जारी

च्याम्पियन्स ट्रफिमा खेलाडीले एकपछि अर्को सतक प्रहार गर्ने क्रम तेस्रो खेलमा पनि जारी रहयो । प्रतियोगिताको तीन खेलमा अहिलेसम्म चार सतक भइसकेका छन ।

इग्ल्याण्ड र वेल्समा जारी प्रतियोगितामा हरेक खेलमा एउटा सतक बनेको छ । अहिलेसम्म खेलका सबै पिच ब्याटिङलाई मद्दत गर्ने खालको भएकाले खेलाडीले पनि एकपछि अर्को रुपमा सतक हिर्काएका छन । बंगलादेश र इग्ल्याण्ड विचको खेलमा दुई सतक भएको न्युजिल्याण्डका कप्तान केन विलियम्सनले पनि सतक प्रहार गरेका थिए ।

आज श्रीलंका विरुद्ध दक्षिण अफ्रिकाका हसिम अमलाले पनि सतक बनाएका छन । पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाका ओपनर अमलाले आफनो फर्मलाई कायमै राख्दै एक सय १५ बलमा एक सय तीन रन बनाए । जसमा पाच चौका र दुई छक्का सामेल थियो । एकदिवसिय क्रिकेटमा सात हजार रन चाडै पुरा गर्ने किर्तीमान बनाएका अमलाको एकदिवसिय खेलमा २४ औ सतक हो । करीव ९० को स्ट्राइकरेटमा ब्याटिङ गरेका अमलाको पारीको मद्दतले दक्षिण अफ्रिकाले श्रीलंका सामु राम्रो लक्ष्य दिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest