दक्षिण अफ्रिकाद्धारा श्रीलंकालाई तीन सय रनको लक्ष्य

आइसीसी च्याम्पियन्स ट्रफिको तेस्रो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई तीन सय रनको लक्ष्य दिएको छ ।

लण्डनको द ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले ५० ओभरमा ६ विकेट गुमाउदै दुई सय ९९ रन बनायो । उसका लागि ओपनर हसिम अमलाले एक सय तीन रनको पारी खेले । ४४ रन हुदा पहिलो विकेट गुमाएको दक्षिण अफ्रिकाका लागि दोस्रो विकेटका रुपमा अमला र फाप डुप्लिसीसले एक सय ४५ रनको साझेदारी गरेका थिए । जसमा डुप्लिसिसले ७५ रन बनाए ।

तर त्यसपछि दक्षिण अफ्रिकाले जोडजार साझेदारी गर्न नसकेपनि श्रीलंकालाई बलियो लक्ष्य दिएको छ । उसका लागि जेपी डुमिनीले अविजीत ३८ तथा क्विन डी ककले २३ र क्रिस मोरीसले २० रनको योगदान गरे । श्रीलंकाका लागि बलिङ तर्पm नुवन प्रदिपले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest