प्रधानमन्त्री कप क्रिकेट, पहिलो सेमिफाइनलमा भोली सशस्त्र र पुलिस भिडदै

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा भोली देखि सेमिफाइनलका खेल सुरु हुनेछन । जसमा भोली हुने दुई विभागिए टिम सशस्त्र प्रहरी बल र नेपाल पुलिस क्लव आमनेसामने हुनेछन ।

किर्तीपुर क्रिकेट मैदानमा हुने पहिलो सेमिफाइनल खेल विहान नौ बजेदेखि सुरु हुनेछ । जारी प्रतियोगितामा उपाधि दावेदार टिमका रुपमा हेरीएका सशस्त्र र पुलिले समुह चरणमा प्रभावसाली जित निकालेका छन । जसमा समुह एमा रहेको सशस्त्रले तीनै खेलमा जित निकाल्दै सेमिफाइनलमा पुगेको हो । पहिलो खेलमा सशस्त्रले पश्चिमाञ्चललाई १६ रनले हराएको थियो भने दोस्रो खेलमा मध्यपश्चिमलाई पाच विकेटले पाखा लगाएको थियो ।

यस्तै समुहको अन्तिम खेलमा उसले मध्यमाञ्चललाई ६ विकेटले हराएको थियो । सशस्त्रको बलियो पक्ष भनेको उसका ब्याटिङ लाइनअप हो । राष्ट्रिय खेलाडीले भरिएको सशस्त्रका सन्दिप सुनुवार, अनिल शा र सुवास खकुरेलले समुह चरणमा उत्कृष्ट ब्याटिङ गरेका थिए ।

Points table - PM Cup 2074
Points table – PM Cup 2074

त्यसको विपरित पुलिसले समुह चरणमा आर्मीसंगमात्र हार ब्यहोरेको थियो । तीन खेलमा दुई जीत निकाल्दै समुह बी बाट उपविजेता बनेको पुलिसले पहिलो खेलमा सुदुरपश्चिमलाई सात विकेटले हराएको थियो भने पुर्वाञ्चललाई नौ विकेटले पराजित गरेको थियो । तर आर्मीसंग सात विकेटले पराजित हुदा समुहमा उपविजेता बनेको थियो । बलियो टिम विरुद्ध पुलिसले खासै राम्रो खेल्न सकेको छैन । त्यसमा पनि भोलीको खेलमा टसलेपनि ठुलो महत्व राख्नेछ । अहिलेसम्म यो मैदानमा पहिले ब्याटिङ गर्ने टिमले थोरै खेलमा मात्र जित निकालेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest