पुलिसले दियो २५३ रनको लक्ष्य, को पुग्ला फाइनलमा पुलिस वा सशस्त्र

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगताको पहिलो सेमिफाइलनमा नेपाल पुलिस क्लवले अर्को विभागिए टिम सशस्त्र प्रहरी बललाई दुई सय ५३ रनको लक्ष्य दिएको छ ।

किर्तीपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ५० ओभरमा नौ किवेट गुमाउदै दुई सय ५२ रन बनायो । उसका पहिलो विकेटका लागि सुनिल धमला र अमित श्रेष्ठले ६७ रनको साझेदारी गर्दै दरिलो सुरुवात दिएका थिए । तर ९७ रन बनाउदा तीन विकेट गुमाएको पुलिसका लागि कुशल भुर्तेलले ५२ तथा सिद्धान्त लोहनीले ४० रनको योगदान गरे । यस्तै सुनिल र अमितले समान २६–२६ रन बनाए ।

यस्तै दिपेन्द्रसिंह ऐरीले ३७ रन बनाउदा मञ्जित श्रेष्ठले २२ रन थपे । यस्तै पुलिसले २२ अतिरीक्त रन पाएको थियो । बलिङ तर्फ अनील शा ले तीन तथा कप्तान ज्ञानेन्द्र मल्ल र अरुण ऐरीले समान दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest