बर्षाका कारण सशस्त्र ३४ रनले पराजित , पुलिस फाइनलमा

काठमाडौं – सशस्त्र प्रहरी बललाई डक वर्थ एण्ड लुइसको नियमको आधारमा ३४ रनले हराउदै नेपाल पुलिस क्लव राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगताको फाइनलमा प्रवेश गरेको छ ।

किर्तीपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २५२ रन बनायो । सुनिल धमला र अमित श्रेष्ठले पहिलो विकेटका लागि ६७ रनको साझेदारी गर्दै पुलिस लाई राम्रो सुरुवात दिलाए । ९७ रन बनाउदा तीन विकेट गुमाएको पुलिसका लागि कुशल भुर्तेलले ५२ तथा सिद्धान्त लोहनीले ४० रनको योगदान गरे । यस्तै सुनिल र अमितले समान २६–२६ रन बनाए भने दिपेन्द्रसिंह ऐरीले ३७ रन बनाउदा मञ्जित श्रेष्ठले २२ रन थपे । यस्तै पुलिसले २२ अतिरीक्त रन पाएको थियो । एक समय राम्रो स्थितीमा देखिएको पुलिसका पुछारका खेलाडीले खासै राम्रो खेल्न सकेनन ।

बलिङ तर्फ अनील शाह ले तीन तथा कप्तान ज्ञानेन्द्र मल्ल र अरुण ऐरीले समान दुई दुई विकेट लिए ।

जवाफमा मध्यम सुरुवात गरेको सशस्त्रको खेल २८.३ ओभरमा पानी परेर राकिएको थियो । ३४ रन हुदा पहिलो विकेट गुमाएको सशस्त्रले ६४ रन हुदा दोस्रो विकेट खेर फालेको थियो । त्यसपछि थप १२ रन हुँदा अर्को विकेट गुमायो । एक सय ३८ रनमा महत्वपुर्ण ६ विकेट गुमाएको सशस्त्रका लागि सन्दिप सुनारले ३६ तथा कप्तान ज्ञानेन्द्र मल्लले ४५ रन बनाए । यस्तै पृथु बास्कोटाले १९ र सुवास खकुरेलले १७ रन जोडे । तर निरन्तर पानी परेपछि अम्पायरको निर्णयले डकवर्थ एण्ड लुइसको नियममा सशस्त्रले २८ ओभर तीन बलमा एक सय ७३ रनको लक्ष्य पायो । तर सशस्त्रले त्यती ओभरमा एक सय ३८ रन बनाएकाले पुलिस ३४ रनले विजयी भयो । पानी परेपछि सशस्त्रलाई भने ठुलो घाटा हुनपुग्यो ।

अब उपाधिका लागि पुलिस ले आर्मी र पश्चिमाञ्चल विचको विजेतासंग खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest