च्याम्पियन्स ट्रफी, इङल्यान्ड र न्युजिल्यान्ड बीच खेल हुदै,

च्याम्पियन्स ट्रफीमा आज इङल्यान्ड र न्युजिल्यान्ड बीच खेल हुनेछ । पहिलो खेलमा इग्ल्याण्डले बंगलादेशलाई हराएको थियो भने न्युजिल्याण्ड र अष्ट्रेलिया विचको खेल बर्षाका कारण रद्द भएको थियो । आजको खेलमा इग्ल्याण्ड विजयी भएमा सेमिफाइनलमा पुग्ने सम्भावना बलियो हुनेछ । यसैविच गएराती भएको अस्ट्रेलिया र बंगलादेश बीचको खेल वर्षाका कारण नतिजा विहिन भएको छ । जसका कारण दुवैले अंक बाडेका छन ।

लन्डनको ओभलमा टस जितेर ब्याटिङ गरेको बंगलादेशले ४४ ओभर तीन बलमा अल आउट हुदै एक सय ८२ रन बनाएको थियो । उसका लागि तमिम इकबालले ९५ रनको योगदान दिए । जारी प्रतियोगितामा लगातार दोस्रो शतक बनाउन बाट मात्र पांच रनले चुकेका तमिमले एक सय १४ बलको सामना गर्दै तीन छक्का र ६ चौका हिर्काए । उनी मिचेल स्टार्कको बलमा आउट भएका थिए । राम्रो सुरुवात गरेको बंगलादेशलाइ सस्तैमा समेटन स्टार्कले महत्वपुर्ण भुमिका खेले । उनले नौ वलमा चार विकेट लिएपछि बंगलादेशको पारी सामान्य रनमा रोकिएको थियो । सकिव अल हसनले २९ रन जोडे ।

एक सय ८३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले गतिलो सुरुवात गर्दै १६ ओभरमा मात्र एक विकेटको नोक्सानीमा ८३ रन बनाएको थियो । अस्ट्रेलियाको पहिलो विकेटका रुपमा डेविड वार्नर ४० रनमा पवेलियन फर्किएका थिए । तर त्यसपछि वर्षाका कारण खेल अघि बढ्न सकेन् । जसका कारण अस्ट्रेलियालाइ बेफाइदा भएको छ । पहिलो खेलमा न्युजिल्यान्ड संग बर्षाकै कारण हार बाट जोगिएको अस्ट्रेलिया बंगलादेश संग भने घाटामा परेको छ । बंगलादेशले भने पहिलो खेलमा इङल्यान्ड संग आठ विकेटको हार बेहोरेको थियो । एक एक अंक बाडेका अस्ट्रेलिया र बंगलादेश दुवैको सेमीफाइनल पुग्ने संभावना कायमै छ । समुह ए इङल्यान्ड अंक तालिकाको शीर्ष स्थानमा छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest