भारतसंग भारी रनले पराजित भएपछि आलोचित बनेको पाकिस्तान दबावमा, टिममा ठुलो परिवर्तन

भारतसंग एक सय २४ रनको भारी अन्तरले हारेपछि निकै आलोचना खेपेको पाकिस्तानी क्रिकेट टिममा ठुलो परिवर्तन गरेको छ । दक्षिण अफ्रिका विरुद्ध दोस्रो खेल खेल्न लागेको पाकिस्तानले टिममा दुई जना खेलाडी परिवर्तन गरेको हो ।

चिरप्रतिद्धन्द्धी भारतसंग पहिलो खेलमा भारी अन्तरले हारेपछि हंगामा मचिएको पाकिस्तानी क्रिकेटबोर्डले अनुभवी ओपनर अहमद सहजादलाई ड्रप गरेको छ । उनको स्थानमा पहिलो पटक डेब्यु गर्न लागेका फाकर जामनलाई ल्याइएको छ । फाकरले दक्षिण अफ्रिका विरुद्ध पाकिस्तानी टिममा डेब्यु गर्ने मौका पाएका छन । भोली पाकिस्तानले निकै महत्वपुर्ण खेलमा दक्षिण अफ्रिकासंग खेल्दैछ । सो खेलमा पाकिस्तान पराजित भएमा सुमह चरणबाट नै आउट हुनेसम्भावना निकै बलियो छ । फाकरले यसअघि पाकिस्तानबाट तीन वटा ट्वान्टी ट्वान्टी मात्र खेलेका छन ।

यस्तै भारत विरुद्धको खेलमा घाइते भएका वाहब रियाजको स्थानमा रुमन रइसलाई टिममा भित्रयाएको छ । भारतसंग पराजित भएपछि १९९२ को विश्वकप विजेता टिमका कप्तान इमरान खानले पाकिस्तानी क्रिकेटको निकै आलोचना गरेका थिए । यस्तै अर्का कप्तान आमिर शोहेलले पनि पाकिस्तानी छनोटकर्तामाथि नै औला उठाएका थिए । उनले छनोटकर्ताले नै राम्रा खेलाडी छनोट नगरेको आरोप लगाएका थिए । पाकिस्तानले २०१५ को विश्वकपपछि दक्षिण अफ्रिकासंग खेलेको छैन । सो बेला पनि पाकिस्तानले डकवर्थको नियममा दक्षिण अफ्रिकालाई २९ रनले हराएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest